+977 9854027065 | akulpdsah@gmail.com

सलाहीको हरिवनमा अती बिपन्न दलित परिवारलाई राहत बितरण

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1276 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, जेष्ठ २८ गते । हरिवन नगरपालीकामा लक डाउनको कारण मारमा परेका अती बिपन्न दलित परिवारलाई राहत बितरण गरिएको छ ।
प्राकृतीक स्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालले आफ्नो आठौं स्थापना दिवसको आवसर पारेर राहत बितरण गरेको हो ।
हरिवन नगरपालीकाले सिफारीस गरेका नगर भित्रका २६ अती बिपन्न दलीत परिवारलाई खाद्यान्न सहित राहत बितरण गरेको प्रकृतीक स्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालका राष्ट्रिय स्रोत ब्यक्ति पार्वती बिश्वकर्माले बताउनु भयो ।
प्रत्येक परिवार लाई चामल २५ किलो, दाल २ किलो, नुन २ किलो, खाने तेल २ लिटर, अन्डा २ क्रेड, ५० एम एलको सेनिटाईजर १ बोतल, सर्जिकल मास्क ५० पिस, २ वटा हात धुने साबुन लगाएतको सामाग्री बितरण गरिएको राष्ट्रिय स्रोत ब्यक्ति बिश्वकर्माले जानकारी दिनु भयो । हरिवन नगरपालीका वडा नं.११ को कार्यालयमा रहत बितरण गरिएको कार्यक्रममा हरिवन नगरपालीकाका प्रमुख गणेश प्रसाई, हरिवन नगरपालीका वडा नं. ११ का वडा अध्यक्ष शेष मेहबुब रेजा, वडा सदस्या तारा बिश्वकर्मा, प्राकृतीक स्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालका प्रतिनीधी गंगा बिश्वकर्मा, धनमाया दर्लामी, समाजसेवी अनिल हमाल लगायतको उपस्थिती रहेको थियो ।
प्राकृतीक स्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालले यस अघि बागमती नगरपालीका, ईश्वरपुर नगरपालीका र लालबन्दि नगरपालीकाका अति बिपन्न दलित परिवारलाई स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

19 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

30 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले