सलाहीको हरिवनमा अती बिपन्न दलित परिवारलाई राहत बितरण
सन्जु कर्ण, सर्लाही,
सर्लाही, जेष्ठ २८ गते । हरिवन नगरपालीकामा लक डाउनको कारण मारमा परेका अती बिपन्न दलित परिवारलाई राहत बितरण गरिएको छ ।
प्राकृतीक स्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालले आफ्नो आठौं स्थापना दिवसको आवसर पारेर राहत बितरण गरेको हो ।
हरिवन नगरपालीकाले सिफारीस गरेका नगर भित्रका २६ अती बिपन्न दलीत परिवारलाई खाद्यान्न सहित राहत बितरण गरेको प्रकृतीक स्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालका राष्ट्रिय स्रोत ब्यक्ति पार्वती बिश्वकर्माले बताउनु भयो ।
प्रत्येक परिवार लाई चामल २५ किलो, दाल २ किलो, नुन २ किलो, खाने तेल २ लिटर, अन्डा २ क्रेड, ५० एम एलको सेनिटाईजर १ बोतल, सर्जिकल मास्क ५० पिस, २ वटा हात धुने साबुन लगाएतको सामाग्री बितरण गरिएको राष्ट्रिय स्रोत ब्यक्ति बिश्वकर्माले जानकारी दिनु भयो । हरिवन नगरपालीका वडा नं.११ को कार्यालयमा रहत बितरण गरिएको कार्यक्रममा हरिवन नगरपालीकाका प्रमुख गणेश प्रसाई, हरिवन नगरपालीका वडा नं. ११ का वडा अध्यक्ष शेष मेहबुब रेजा, वडा सदस्या तारा बिश्वकर्मा, प्राकृतीक स्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालका प्रतिनीधी गंगा बिश्वकर्मा, धनमाया दर्लामी, समाजसेवी अनिल हमाल लगायतको उपस्थिती रहेको थियो ।
प्राकृतीक स्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालले यस अघि बागमती नगरपालीका, ईश्वरपुर नगरपालीका र लालबन्दि नगरपालीकाका अति बिपन्न दलित परिवारलाई स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरेको थियो ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
20 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
24 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
