कालिकामाई गाउँपालिकामा भ्रष्टाचारको जालो बढदै, प्रमाण फेला
रंजित चौरसिया, वीरगंज,
वीरगंज आषाढ ७ गते । पर्साको कालिकामाई गाउँपालिका संचालन प्रक्रियामा चरम अनियमितता भएको प्रमाण फेला परेको छ ।
गाउँपालिकामा अनियमितता र भ्रष्टाचार भइरहेको गुनासो बढेपछि गाउँ कार्यपालिकाको कार्यालय हरिहरपुर विर्ता पुगेको संचारकर्मीहरुलाई आर्थिक बर्ष २०७७÷०७८ मा संचालनमा रहेको बिकास निर्माण सम्बन्धि कुनै कागजात नरहेको कर्मचारीहरुले वताए । कार्यालयमा रहेको दर्ता चलानी रजिष्टरमा खाली ठाउँ छोडेर दर्ता चलानी गरिएको फेला परेको हो ।
गाउँपालिकाको दर्ता रजिष्टरमा मिति २०७८ जेठ १ गते सम्म दर्ता नं. ११२१ सम्म क्रमश दर्ता गरिए पनि त्यसपछि दर्ता नं. ११२२ दर्ता नगरी खालि ठाउँ राखिएको छ । त्यसपछि मिति २०७८ जेठ ३ गते दर्ता नं. ११२३ भएको हाजिर गायब सम्बन्धि पत्र दर्ता गरिएको छ ।
त्यसपछि फेरी मिति २०७८ जेठ ३ गते नै दर्ता नं. ११२४ पेश्की माग सम्बन्धि पत्र दर्ता गरिएको छ । तर फेरी दर्ता नं. ११२५ र दर्ता ११२६ को ठाउँ खालि राखेर अक्रो दर्ता गरिएको छ । मिति २०७८ असार ३ गते अन्तिम दर्ता नं. ११९२ सूचना माग सम्बन्धि पत्र दर्ता गरिएकोे छ । त्यसको बिचमा पनि केही दर्ता नं. को खालि ठाउँ राखिएकोले ब्यापक अनियमितता भएको प्रष्ट हुन्छ ।किन दर्ता रजिष्टरमा खालि ठाउँ राखेर दर्ता गरिएको हो भने बारे सोध्दा कार्यालयमा भेटिएको कर्मचारीले जवाफ दिन सकेन । यस सम्बन्धमा कार्यालयमा नभेटिएका प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहसंग फोनमा बुझ्न पटक पटक फोन गर्दा पनि फोन उठेन ।
आर्थिक मसान्तको अन्तिम अन्तिमा आएर अनियमितता र पुरानो मितिमा दर्ता गर्न प्रयोजनको लागि दर्ता रजिष्टरमा खालि ठाउँ राखेर दर्ता गरिएको गाउँपालिका कै क्रमचारी स्रोतले जनाएको छ । यस्तो नियम विपरित धेरै काम हुने गरेको ति कर्मचारीको भनाई छ ।
यस्तै, गाउँपालिकामा संचालित थुप्रै बिकास निर्माण र सामग्री खरिदको सूचना गाउँपालिका वेभसाइटमा पनि राखिएको छैन् भने गाउँपालिका कार्यालयमा पनि नरहेकोे सूचना अधिकारी अमित चौरसियाले वताए ।
गाउँपालिकामा बढ्दै गएको अनियमितता र भ्रष्टाचार सम्बन्धमा छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थुप्रै मुद्दाहरु परे पनि ध्यान पुग्न नसकेको स्थानियहरुले गुनासो रहेको छ ।
कमेन्ट गर्नुहोस्
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
19 दिन पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
30 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
1 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
1 महीना पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
संवाददाता
