+977 9854027065 | akulpdsah@gmail.com

मुख्यमन्त्री राउतद्वारा रामजानकी बाटिकाको शिलान्यास

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1055 Views

कमल साह, जनकपुरधाम
जनकपुरधाम, आषाढ १६ गते । मुख्यमन्त्री लालबाबु राउतले महोत्तरीको बर्दिवास स्थित नेपाली सेनाको मध्यपुर्वी पृतना हेडक्वाटरमा रामजानकी बाटिकाको शिलान्यास गर्नु भएको छ ।
प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको उक्त बाटिकाको शिलान्यास मुख्यमन्त्री राउतले आज एक कार्यक्रम बिच हिन्दु परम्परा अनुसार गर्नु भएको छ ।
पृतनापति सुरेश कार्की को अध्यक्षतामा भएको उक्त कार्यक्रममा बर्दिवास नपाका प्रमुख बिदुर कार्की, प्रदेश सरकारका प्रतिनिधिहरु , नेपाली सेनाका विभिन्न दर्जाका अधिकृतहरुको उपस्थिति रहेको थियो ।
बाटिकामा मिथिला संस्कृतिका लगायत नेपालको साझा संस्कृति झल्काउने रामजानकीको पुर्णकदको प्रतिमा, पृथ्वीनारायण शाहको प्रतिमा , राष्ट्रिय प्रतीक, नेपाली सेनाको लोगो, मिथिला संस्कृति झल्काउने विभिन्न सामग्रीका साथै गौरीशंकर हिमाल को प्रतीकात्मक स्वरूप निर्माण गरिने पृतना पति कार्किले जनाउनु भएको छ ।
कार्यक्रममा मुख्यमन्त्री राउत्ले मधेशका जनताहरुले नेपाली सेना प्रति को अपनत्व ग्रहण गर्न नसकिरहेको अवस्थामा नेपाली सेनाले पछिल्लो समयमा मधेसी जनता सङ्ग अपनत्व बढाउने गरि कार्यहरु गर्न लागेकोमा धन्यवाद ब्यक्त गर्नु भयो ।
कोभिड महामारी जस्तो विषम परिस्थितिमा प्रदेश जनताहरुको लागि नेपाली सेनाले प्रदेश सरकार सङ्ग्को समन्वय मा गरेको कार्यहरु प्रशन्सनिय रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सराकार नेपाली सेना सङ्ग्को सहकार्यलाई सदैब निरन्तरता दिने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

20 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

24 दिन पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

1 महीना पहिले

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

3 महीना पहिले

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

3 महीना पहिले