+977 9854027065 | akulpdsah@gmail.com

जनकपुरधाम–यदुकुहा शहिदमार्ग किनारमा वृक्षारोपन

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1196 Views

कमल साह, जनकपुरधाम
जनकपुरधाम, आषाढ १८ गते । स्वच्छ मधेश समृद्ध प्रदेश उद्देश्यका साथ प्रदेश नंं २ को अस्थायी राजधानी जनकपुरधाम देखि ग्रामीण क्षेत्र शहिदनगर यदुकुहा सम्म जोड्ने जनकपुरधाम – यदुकुहा शहिदमार्ग सडकको किनारमा वृक्षारोपन गरेर अभियानको शुभारम्भ गरिएको छ ।
मानव सभ्यता र जिवित प्राणी का रक्षाका लागि पर्यावरण संरक्षण गर्न सामुहिक दायित्व आवश्यक रहेको सन्देश दिदै सडक किनारमा स्थानीय बासी को मा जनकपुरधाम उपमहानगरपालिका को कोल्डस्टोर स्थित यदुकुहा शहिदमार्ग सडकको किनारमा वृक्षारोपन कार्यक्रम को शुभारम्भ गरिएको थियो ।
वृक्षारोपन अभियानका अभियन्ताहरुले सडक किनारमा वृक्षारोपन गर्नाले वायु प्रदूषण नियन्त्रणका साथै सडक सुरक्षा र स्वच्छ वातावरणका लागि महत्वपूर्ण हुने कुरा बताएका छन् ।
पर्यावरण संरक्षण का लागि निरन्तर प्रयासरत वृक्ष मानव सुरेश शर्माले प्राण वायु अक्सिजन प्राप्तिका लागि वृक्ष रोपन र वृक्ष रक्षण कार्य अति आवश्यक रहेको जानकारी दिनुभयो ।
वृक्षको सुरक्षार्थ विदेशी आयती फलामको ट्री गार्ड महगो भएकोले स्थानीय उत्पादन बांस बाट तयार गरिएको वातावरण मैत्री ट्री गार्ड वृक्षा रोपन कार्यक्रम मा प्रयोग गरिएको छ ।
वन प्रदेश निर्देशनालयको सहयोग र वन प्राबिधिक समाज जनकपुरधामको संयोजनमा भएको वृक्षारोपन कार्यक्रममा म लगायत उधोग, पर्यटन, बन तथा वातावरण मन्त्रालय प्रदेश नं २ का प्रदेश सचिव डा राम चन्द्र कडेल,वन निर्देशक जगरनाथ जयसवाल, वृक्ष मानव, पर्यावरण योध्दा सुरेश शर्मा, जनकपुरधाम उधोग बाणिज्य संघ का उपाध्यक्ष अम्भु प्रसाद साह, वन विज्ञ गणेश राय, प्राविधिक समाजका अध्यक्ष रामस्वार्थ साह, युवा अभियान्ता रन्जित चौधरी सहित स्थानीय बासीहरु ले सडक किनारमा वृक्षारोपन गरेका छन् ।
प्रथम चरणमा जनकपुरधाम – यदुकुहा शहिदमार्ग सडक खण्डको कोल्डस्टोर देखि पौडेश्वरको जलाद पुल सम्म ५ किमि दुरिमा दुबै किनारमा वृक्षारोपन गर्ने कार्यक्रम रहेको छ ।जय पर्यावरण, जय मानव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

20 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

23 दिन पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

1 महीना पहिले

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

3 महीना पहिले

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

3 महीना पहिले