हिन्दु स्वयंसेवक संघ नेपालको आयोजनामा वीरगंजमा गुरुदक्षिणा उत्सव सम्पन्न
रंजित चौरसिया, वीरगंज,
वीरगंज श्रावण ९ गते । गुरु पूर्णिमाको अवसरमा शनिबार वीरगंजमा गुरुदक्षिणा उत्सव सम्पन्न भएको छ । हिन्दु स्वयंसेवक संघ नेपालको आयोजनामा वीरगंजको आदर्शनगरस्थित जैन भवनमा भएको कार्यक्रमका सहभागिहरुले गुरुदक्षिणा दान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय महासचिव प्रेम थुलुङ्गले नेपालमा हिन्दु धर्म असुरक्षित भएको महसुस हुन थालेको वताए । विभिन्न प्रलोभनमा परी धर्म परिवर्तन गर्नेहरुका कारण हिन्दु धर्म असुरक्षित हुन थालेको उनको भनाई थियो ।
उनले ज्ञानको अभावमा हाम्रो समाज केही व्यक्तिले धर्म परिवर्तन गर्ने गरेका कारण त्यस्ता व्यक्तिलाई बुझाउन जरुरी रहेको वताए ।
उनले भने हाम्रो धर्म र संस्कृतिलाई अगाडी बढाउन हाम्रो कर्तव्य हो । हामीमा मानव संस्कारको कमि भएका कारण शाखाबाट मानव निर्माण गरिन्छ । बर्षमा एक पटक संगठन निर्माणको लागि गुरु पूर्णिमाको अवसरमा गुरुदक्षिण गर्ने गरिन्छ ।
संविधनमा हिन्दु राष्ट्र नभए पनि नेपाल हिन्दु राष्ट्र छ र रहन्छ उनको भनाई थियो । उनले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रति लक्षित गर्दै संस्कारको अभावमा मुलुक दुःख पाएको वताउँदै त्याग र कर्तव्यको पालना नभएको वताए ।
विभाग संघचालक अशोक बैधले नेपालाई हिन्दु राष्ट्र बनाउन एक भएर लाग्नु पर्ने वताए । उनले नेपाल हिन्दु राष्ट्र हटनुमा हाम्रो संगठनहरु कै कमिकमजोरी रहेको वताउँदै पुनः एक ढिका भएर लाग्नु पर्ने धारणा राखे ।
जिल्ला संघचालक ललन द्विवेदीको अध्यक्षतामा भएको कार्यक्रममा हिन्दु स्वयंसेवक संघ नेपालका राष्ट्रिय प्रचारक वेदप्रकाश जी, जनकपुर सम्भाग कार्यवाहक रंजित साह लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजिकरण जिल्ला कार्यवाहक कृष्णा चौरसियाले गरेका थिए ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
20 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
23 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
