दूधाधारी नमुना माविले सञ्चालन गर्यो विज्ञान विषय
प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, श्रावण १४ गते । कपिलवस्तुको सुदुरपश्चिम क्षेत्रमा पर्ने विजयनगर गाउँपालिकामा रहेको दूधाधारी नमुना माध्यमिक विद्यालय गुगौलीले विज्ञान विषय सञ्चालन गर्ने भएको छ । विद्यार्थी र अभिभावकको मागलाई मध्येनजर गर्दै शैक्षिक शत्र २०७८ सालदेखि कक्षा ११ मा विज्ञान विषयको अध्ययन अध्यापन गराउने प्रधानाध्यापक सुग्रीव प्रसाद कोरीले जानकारी दिनुभएको छ ।
विज्ञान विषय अन्तर्गत फिजिक्स, केमेस्टी«, बायोलोजी, मेजर म्याथ सञ्चालन हुने छन् । उक्त विद्यालयले प्लस टु मा कमर्श, मानविकी, एजुकेशन, आर्टस् र ३ वर्षे सिभिल इन्जिनियरिङ डिप्लोमा विषयमा गुणस्तरीय शैक्षिक क्रियाकलाप सञ्चालन भईरहेको प्रधानाध्यपक कोरीले बताउनुभयो ।
यस क्षेत्रमा शैक्षिक गुणस्तरीयतामा वृद्धि, विकास गर्न, विज्ञान विषय र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ डिप्लोमा अध्ययनका लागि टाढा जानुपर्ने बाध्यतालाई हटाउनुको साथै विद्यार्थी, अभिभावकको आवश्यकता र माग अनुसार विज्ञान विषय र सिभिल इन्जिनियरिङ डिप्लोमा सञ्चालनमा ल्याइएको दूधाधारी नुमना माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राम प्रकट कोरीले बताउनुभएको छ ।
कपिलवस्तुकै सुदुरपश्चिमको विकट क्षेत्रमा पर्ने विजयनगर गाउँपालिकाको दूधाधारी नमुना माध्यमिक विद्यालयले यसरी विभिन्न संकायका विषयहरु सञ्चालनमा ल्याई रहँदा पालिकावासी खुसी भएका छन् । विज्ञान विषयमा नयाँ भर्ना र सिभिल इन्जिनियरिङमा पनि भर्ना खुलेकोले समयमै भर्ना हुन समेत विद्यालय अनुरोध गरेको छ ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
20 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
23 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
