+977 9854027065 | akulpdsah@gmail.com

राममन्दिरलाई सौन्दर्यकरण गर्न ७० लाख उपेन्द्र यादवले १८ महिनामा गर्न नसकेको काम हामी १८ दिनमा ग¥यौं ः राजेन्द्र महतो

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1185 Views

कमल साह, जनकपुरधाम
जनकपुरधाम, श्रावण १५ गते । पूर्व उपप्रधान तथा शहरी विकास मंत्री राजेन्द्र महतोले उपेन्द्र यादवले १८ महिना सरकारमा बसेर गर्न नसकेको काम हामी १८ दिनमा गरेकाछौ भन्नुभयो ।
स्वर्ण मण्डप राममन्दिरको अर्को आंगनसंगै जोडीएको राजदेवी मन्दिर छेउमा महावीर युवा कमिटीको सक्रियताले निर्माण भएको पार्क उद्घाटन क्रममा उक्त भनाई उहाँले राख्नु भयो ।
जनता समाज पार्टी ( जसपा) विभाजन भएपछि उनि पहिलो पल्ट बिहीबार यहाँका कार्यक्रममा सरिक भएका हुन ।
पूर्व उपप्रधान मंत्री महतोले हामी १८ दिन मंत्री हुँदा नागरिकता अध्यादेश ल्याएको, १४० जना उपर रहेको मुद्दा फिर्ता गराएको, संविधान संशोधनका लागि कार्यदल बनाएको बताउनुभयो ।
नेता महतोले मधेशी जनताको दुखः हटाउनको ल्याएको नागरिकता अध्यादेश अदालतको बेइमानले कार्यान्वयन नभएको विचार स्पष्ट पार्नुभयो ।
उपेन्द्र यादव सत्तामा मात्र टांसी रहन खोज्दै गरेको ले १८ महिना सरकारमा रहँदा पनि उनि यी कामहरु गर्न नसकेको उहाँले आरोप लगाउनुभयो ।
उहाँले आफूहरुले गरेका कामलाई अब सरकारमा जान लागेका उपेन्द्र यादवले पूरा गरेर देखाइदिनुपर्ने भन्दै जेलमा रहेका रेशम चौधरीलाई रिहा गयोस् थप्नुभयो ।
उहाँले हामीले शुरुवात गरेका कामहरुलाई निकाश दिने कार्य होस् भन्नुहुँदै थप्नुभयो, ‘संसदबाट नागरिकता विधेयक पारित होस्, संविधान संशोधन होस् र रेशम चौधरी सहितलाई रिहा गराइयोस् ।
राममन्दिर अगाडीको पार्क झण्डै दुई दशकदेख उजाड रहँदै आएकोलाई सौन्दर्यकरण गर्नको लागि ७० लाख बजेट बिनियोजन गरिएको उहाँ बताउँदै थप्नुभयो केहि व्यक्तिको जसपा टुक्रन गएको छ ।
नेता महतोले पार्कको निर्माण कुन प्रकारबाट गरिने हो त्यसको डिजान समेत निर्माण गर्न महावीर युवा कमिटीलाई भन्नुभएको छ ।
राजदेबी मन्दिरको आंगनमा आयोजना भएको उद्घाटन समारोहमा उहाँले भन्नुभयो, उपेन्द्र यादब को पार्टी फुट्न लागेको बेलामा हामी रातारात गएर बचाएको मधेशी जनताको इच्छा अनुसार हो । किनकी मधेशी जना मधेशवादी दललाई एक हुनुपर्ने चाहना रहेको हो । तर, उपेन्द्र यादव एक ठाउँमा बस्न नमिल्ने भन्दै निर्वाचन आयोगमा निवेदन दिनुभयो । त्यसकारण आयोगले दुई ठाउँमा बस्न भनिदिएको थप्नुभयो ।
उहाँले यसको मूल्यांकन जनताले स्वयं गर्नेहो भन्नुभयो ।
अन्तमा उहाँले जसपा दुई पार्टी मिलेर बनेको थियो बताउँदै अब दुईवटा पार्टी नै रहने थप्नुभयो ।
सो समारोहका विशिष्ट अतिथी प्रदेश सभासद प्रमेश्वर साह ले आउने दिनमा हुने सातौं अधिवेशनबाट जनकपुरधाम प्रदेशको राजधानी अवश्य हुने बताउँदै थप्नुभयो, ‘नेपाली कांग्रेस लगायतका दलहरुको कारण पछि पर्न गएको छ ।
महावीर युवा कमिटीका अध्यक्ष संतोष राज साहको अध्यक्षतामा आयोजित समारोहमा जनकपुरधाम उद्योग बाणिज्य संघ तथा नेपाल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष निर्मण कुमार चौधरी, गुठी संस्थान जनकपुरका प्रमुख बैकुण्ठ रेग्मी, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, जनकपुर चेम्बर अफ कमर्शका अध्यक्ष विजय साह, जसपाका केन्द्रिय सदस्य मनोज चौधरी,अरुण साह,धनुषधारी पाण्डेय लगायतले शुभकामना मन्तव्य राख्नुभयो ।ब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

20 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

23 दिन पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

1 महीना पहिले

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

3 महीना पहिले

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

3 महीना पहिले