पोखरिया नगरपालिकाको भ्रष्टाचार बिरूध जनता अख्तियार दुरूपयोग जाने तयारीमा
रंजित चौरसिया, वीरगंज,
वीरगंज श्रावण १६ गते । पर्सा जिल्लाको पोखरिया नगरपालिकामा करोडौको बजेटमा अनियमितता भएको खुलासा भएको छ । प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तर्गत पोखरिया नगरपालीकामा पारिश्रममा आधारीत सामुदायिक योजना तथा युवा रोजगारीका लागी आएको करोडौको बजेटमा जनप्रतिनिधिहरुले लुट मच्चाएका हुन ।
प्रधानमन्त्री रोजगार योजना अन्तरगत पोखरीया नगरपालिकामा ४ सय ३९ जना लाई ५० दिन को लागी काम दिईएको पोखरिया नगरपालीका प्रधानमन्त्रि रोजगार कार्यक्रमका शाखा प्रमुख बिजय साह बताउनु भयो । कार्यक्रममा आएको २ करोड २७ लाख रुपैया हुदा हुदै प्रत्येक ब्यक्तीलाई १०० दिन रोजगारी दिनु पर्नेमा नगरपालिकाले ५० दिन मात्र दिएको थियो । त्यसमा पनि ३५ दिन मै पोखरिया नगरपालीकामा काम सम्पन्न गरी ५० दिनको हाजिरी बनाएर लाखौं रुपैया जनप्रतिनिधि र कर्मचारीहरुको मिलोमतोमा हिनामिना गरिएको जनाईएको छ ।
यतिसम्म मात्र नभइ नक्कली हाजिरी खडा गरी ५० दिन मध्ये ३५ दिनको रकम सम्बन्धित व्यक्तिलाई दिईएको र अन्य रकम काम गर्ने व्यक्तिको नाममा खाता जम्मा गरेर उनिहरुसँग खाली चेकमा सहि गराएर जनप्रतिनिधि तथा कर्मचारीले बैकबाट १५ दिनको पैसा निकालेर भागबण्डा गरेको प्रमाण भेटिएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत पोखरीयाका दर्जनौ ब्यक्तिहरूलाइ ३५ दिन काममा लगाएर ५० दिनको हाजिरी गरी १५ दिनको रकम उनिहरुलाई खाली चेकमा सहि छाप लगाएर लिएको पिडितहरुले बताएका छन् । पोखरीया नगरपालिकाका नगरप्रमुख दिप नारायण रौनियार बोर्ड प्रतिनिधि र कर्मचारीको मिलोमतोमा करोडौको रकम हिनामिना गरिएको प्रमाण यस अनलाइनले फेला पारेको छ ।
गरिव जनताको लागि रोजगार दिन आएको कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा भएको भ्रष्टाचारका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पिडितहरुले उजुरी दिने तयारी गरेका छन् ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
20 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
23 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
