+977 9854027065 | akulpdsah@gmail.com

जसपाद्वारा शहिद परिवारलाई सम्मान

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1132 Views

कमल साह, जनकपुरधाम
जनकपुरधाम, भाद्र ११ गते । जनता समाजवादी पार्टी नेपालले ेमधेश आन्दोलनका शहिद परिवार र घाइतेहरुलाई आज एक कार्यक्रम बीच सम्मान गरेको छ।
जनकपुरमा आयोजित अभिमुखीकरण कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले शहीद परिवार तथा घाइतेहरुलाई गम्छा ओढाई सम्मान गर्नु भएको हो ।
उक्त अवसरमा अध्यक्ष यादवले शहीद परिवारलाई आफनै परिवार बुझि उनिहरुको भरण पोषण तथा घाइतेहरुकोृ उपचारको जिम्मा प्रदेश सरकारलाई लिन निर्देशन दिनु भएको हो ।
उहाँले भन्नु भयो ,‘ सहिद परिवारलाई रोजगारी दिने क्रममा केही परिवार छुटेको छ । त्यसलाई अविलम्ब दिनु पर्दछ । यसमा प्रदेश सरकारले नाइनुकुर गर्न मिल्दैन ।
कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्राविधिक कारणले केही सहिद परिवार रोजगारी पाउन नसकेको उल्लेख गर्नु हँुदै बाँकी रहेको शहीद परिवारलाई छिटै रोजगारी दिने प्रतिबद्धता समेत जनाउनु भयो । उहाँलेृ सहिद परिवारको रोजगारी तथा घाइतेहरुको भरणपोषणाको लागी प्रदेश सरकारले बजेट विनियोजन गरि सकेको जानकारी समेत गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

20 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

23 दिन पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

1 महीना पहिले

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

3 महीना पहिले

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

3 महीना पहिले