सर्लाहीमा पेस्तोल र गोली बरामद
सन्जु कर्ण, सर्लाही,
सर्लाही, भादौं १९ गते । सशस्त्र प्रहरीले सर्लाहीको लालबन्दीबाट एक थान पेस्तोलसहित त्यसमा लाग्ने ५ राउण्ड गोली बरामद गरेको छ ।
सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प हरिवनबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दीपेन्द्र थापाको कमाण्डमा खटिएको गस्ती टोलीले शुक्रबार बिहान साढे ५ बजे लालबन्दी नगरपालिका–५ स्थित रेल्वे टूयाकबाट हतियार बरामद गरेको हो। गस्तीमा रहेको सुरक्षाकर्मीलाई देख्नासाथ प्रदेश न २–०२–००४ प ७७५७ नम्बरको अपाचे मोटरसाइकल छाडेर चालक फरार भएका र उक्त मोटरसाइकल चेकजाँच गर्दा लेगगार्डमा झुण्ड्याएर राखेको झोलामा एक थान कटुवा पेस्तोल र पाँच थान गोली बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार एक राउण्ड पेस्तोलमा लोड भएको र ४ राउण्ड बाहिरै रहेको गोली बरामद भएको हो। बरामद भएको हतियार र मोटरसाइकल अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय लालबन्दीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
19 दिन पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
29 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
1 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
1 महीना पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
संवाददाता
