तीन वीर शहीदलाई सात्ताको मदले विर्सन पुगेका नेताबाट सावधान
कमल साह, जनकपुरधाम
जनकपुरधाम, भाद्र २६ गते । मधेशवादी दललाई सत्ताको मद चढदा ६ वर्षमा नै अमर शहीदलाई विर्सन पुगेछ ।
२०७२ भाद्र २५ गते मधेस आन्दोलनको क्रममा “चलू जनकपुर भरु जनकपुर“ अह्वान अन्तर्गतका तीन वीर योद्धा प्रदेश सरकार सम्झना समेत गर्न नसकेपछि सर्वत्र निन्दा भईरहेको छ ।
मधेशवादी दलले अह्वान गरेको चलु जनकपुर भरु जनकपुर विरोध कार्यक्रममा नीतू यादव, संजय चौधरी र दिलीप यादव सहादत प्राप्त गर्नुभएको थियो । उनिहरुको वलिदानीको वलबाट प्रदेश २ को सरकार हो भनेर नथाक्ने नेताहरु भुसुक्क भुलाईदिएको ले सर्वत्र निन्दा भईरहे छन ।
मधेश आन्दोलनका शहीदहरुको वलबुताबाट प्रदेश २ को सरकार बनेको हो । तर, ६ वर्षमै वीर शहीदको स्मरण गर्नबाट प्रदेश २ सरकार र त्यसको माउ पार्टी जनता समाजवादी पार्टी (जसपा) भुसुक्कै विर्सिदिए ।
तर, जनकपुरधाम वासी विर्सिनु भएको छैनन् ।
शहीद नीतू यादव, संजय चौधरी र दिलीप यादव सम्झनामा शुक्रबार यहाँ का युवाद्वारा श्रद्धांजलि सभा आयोजना गरियो ।
मधेस अधिकार संघर्ष समितिका संयोजक सरोज मिश्र, मधेस जन बिद्रोह २०६३ का संयोजक श्री दीपक झा तथा मधेस जन बिद्रोह २०६३ का अगुवा तथा लोसपा युवा नेता शम्भु निर्दोषीको सक्रियतामा शुक्रबार साँझ साढे ५ बजे श्रद्धांजलि अर्पण गरियो ।
तीन वटै वीर शहीदको संम्झनामा यहाँका रामानन्द चौकमा दिप प्रज्वलनगरी श्रद्धाञ्जली अर्पण गरियो।
उक्त कार्यक्रममा लोसपा का नेता एवं हिंदी अभियानी रमण पाण्डेय, हिंदुत्व संस्थाका मिथिलेश झा, युवा अभियन्ता प्रभाष राय , नेपाल जनता दलका केन्द्रीय उपाध्यक्ष धिरेन्द्र मैथिल, युवा राजु कान्त कापड़, उज्वल अग्रवाल लगायत सो श्रद्धांजलि सभामा सहभागी भएका थिए।
उनिहरुले आफुलाई कथित मधेसबादी भन्न रुचाउने नेताहरु विलासिता सत्ता र भ्रष्टाचार मा लिप्त भएकै कारण र मधेश एवं मधेश मुद्दालाई सत्ता चढ़ने भर्यांगको रुपमा मात्र प्रयोग गरिरहेको आरोप लगाउनु भयो । उनिहरुले शहीद परिबार र शहीदको सपना पूरा गर्नु र गराउनु आन्दोलनकारी युवाको नैतिक धर्म रहेको विचार व्यक्त गर्नुभयो ।
उनिहरुले आजको दिनलाई कुनै नेता वा मधेसवादी पार्टीले श्रद्धांन्जली सभा नगर्नु र उनिहरुको बलिदानलाई स्मरण समेत नहुनु तिनहरुको असली चेहरा जनसमक्ष आएको विचार राख्दै थप्नुभयो ।
उनिहरुले यस्ता आन्दोलनकारि धोखेबाज, गद्द्दार, अबसरबादी, सत्ता प्रेमी र भ्रष्टाचारि नेताहरु बाट सचेत र सावधान हुनुपर्ने बताएका छन।
कमेन्ट गर्नुहोस्
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
19 दिन पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
29 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
1 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
1 महीना पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
संवाददाता
