+977 9854027065 | akulpdsah@gmail.com

एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा प्रहरी सहायक निरीक्षक सिंह, सम्बन्धित निकाय मुखदर्शक

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1082 Views

रंजित चौरसिया, वीरगंज,
वीरगंज आश्विन २ गते । नेपालमा सबै भन्दा बढी राजस्व उठने नाकाको रुपमा मानिएको वीरगंजबाट दैनिक राजस्वमा कमी आउनु पनि प्रहरीकै कारण रहेको बारे उजागर भएको छ । पर्सा जिल्लाको अमरपटी नाकाबाट दैनिक करोडौ बराबरको लताकपडा अवैध तरिकाले नेपाल भित्रिएपनि स्थानीय प्रहरी प्रशासन मात्र रकममा लिप्त रहेका हुन ।
बिगत एक महिना अगाडी प्रहरी चौकी अमरपटीको कमाण्ड सम्भालेका प्रहरी सहायक निरीक्षक विराज सिंहले तस्करीको लाइन नै सुचारु गरेको पाइन्छ । पर्सा जिल्लाको कारागारमा दरबन्दी रहेको प्रहरी सहायक निरीक्षक केही महिना अघि प्रहरी चौकी मिलनचौकमा कार्यरत रहेका थिए । प्रहरी सहायक निरीक्षक सिंह मिलनचौकमा हुदा काठ तस्कर संग समन्वय गरी काठ तस्करीबाट रकम उठाउन पल्केका थिए । प्रहरी सहायक निरीक्षक युवा भएकै कारण जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलीका प्रमुखले उनलाई तानेर क्राइम टोली शाखामै राखेका थिए । तर क्राइम टोली बिभाजन हुने संघारमा पुगेपछि प्रहरी चौकी अमरपटीको जिम्मा सिंहलाई दिइयो ।
यता प्रहरी चौकी अमरपटीको कमाण्ड सम्भालेको एक महिना नबितिदै आफु क्राइम टोलीबाट आएको भन्दै उक्त नाकाबाट ठूला वडा तस्करीको लाइन सुचारु गरेको छर्लङ भएको छ । भाद्र २१ गते जिल्लाका नामुद तस्कर रामेश्वर भनिनेलाई प्रहरी चौकीमा बोलाई मासिक ४ लाख रुपैया बुझे पश्चात कपडा तस्करको लाइन सुचारु भएको प्रहरी श्रोतले जनाएको छ । जिल्लाकै सबै भन्दा ठुलो तस्करको रुपमा चिनिने रामेश्वरले स्थानीय प्रहरी प्रशासनलाई मोटो रकम बुझाए पश्चात टेम्पुको माध्यमले कपडा भित्रयाउने गरेको र जगरनाथपुर चौक नजिकै ट्रकमा लोड गर्ने गरेको श्रोतको दावी रहेको छ ।
उहाले आफ्नो नाम सम्प्रेषण नगर्ने सर्तमा प्रहरी चौकी अमरपटीका प्रमुख प्रहरी सहायक निरीक्षक विराज सिंहले एक जना पत्रकारको इशारामा लाइन सुचारु गरेको बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले अमरपटी नाकामा व्यापक कडाई गर्न निर्देशन दिएपनि प्रहरी सहायक निरीक्षक सिंह साझको समयमा मदिरामा धुत हुने गरेको र मालसमान कटाउन निर्देशन समेत दिने गरेको बताए । त्यति मात्र नभई टेम्पूमा मालसमान कटाउनु अघि आफै स्कटीङमा समेत हिडने गरेको, उनले बताए ।
प्रहरी सहायक निरीक्षक विराज सिंहको वीरगंज कारागारमा दरबन्दि रहेपनि क्राइमको नामले प्रहरी चौकी अमरपटीको कमाण्डर बन्न सफल भएका छन । क्राइमको नाम भजाउदै कर्मचारीदेखी स्थानीयलाई समेत पिडा दिदै आएको श्रोतको दावी रहेको छ । यस बिषयमा समयमै सम्बन्धीत निकायले ध्यान नपुरयाए अगामी दिनमा प्रहरी संगठन माथि सर्वसधारण विश्वास उठने संकेत देखा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

20 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

23 दिन पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

1 महीना पहिले

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

3 महीना पहिले

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

3 महीना पहिले