नेकपा एकीकृत समाजवादी पार्टीको नगर कार्यालय उद्घाटन तथा सातौ संविधान दिवस मनाउदै
सन्जु कर्ण, सर्लार्ही,
असोज ३ गते । नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले पुर्व प्रधानमन्त्री केपी ओलीले घाईते पारेको संविधानलाई आफुहरुले वचाएको दावी गरेका छन ।
आज (आईतवार) सर्लाहीको हरिवनमा उक्त पार्टीको नगर कार्यालय उद्घाटन तथा सातौ संविधान दिवस समारोहमा वोल्दै पार्टीका नेताहरुले यस्तो दावी गरेका हुन ।
कार्यक्रमका प्रमुख अतिथी पार्टीका सर्लाही इन्चार्ज लक्ष्मण पौडेलले केपी ओलीले दुई चोटी संसद विघटन पारेर मुर्छा पारेको संविधानलाई सर्वोच्च अदालतको फैशला र आफुहरुको आन्दोलनले व्युताएको वताउनुभयो । उहाले नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालको नेतृत्वमा देशको संविधान र व्यवस्था वचेकाले सबैलाई यही पार्टीमा गोलवन्द हुन आव्हान गर्नुभयो । पार्टीका नगर कमिटीका अध्यक्ष चूडामणि वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी नेताहरु वेची लुंगेली, सुरेन्द्र लामा, गोविन्द अधिकारी, उत्तर मैनाली, जय गोले लगायतले नेकपा एमालेको नेतृत्व उल्टो दिशा तर्फ चलेकोले पार्टीबाट बिद्रोह गर्नु परेको दाबी गर्नुभयो ।
हरिवन चौकमा उक्त पार्टीको नगर कमिटी कार्यालय पनि आजै (आईतवार) नै उद्घाटन गरिएको नगर सचिव किशोर मिक्चनले वताउनुभयो । यसै विच नेकपा एकिकृत समाजवादीमा आवद्ध नगरपालिकाका जनप्रतिनिधिको भेलाले नगर संसदीय दल चयन गरेको छ ।
वार्ड नम्वर ५ का वडा अध्यक्ष समेत रहनु भएका नागेन्द्र कुमार साह संयोजक, वार्ड नम्वर ४ का अध्यक्ष धन वहादुर वाईवा सह संयोजक र वोर्ड सदस्य लिली घिसिङ प्रवक्ता रहेको संसदीय दल गठन गरिएको नगर अध्यक्ष चूडामणि वाग्लेले जानकारी दिनुभयो । हरिवन नगरपालिकाका १६ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध हुन सनाखद गरेका थिए ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
20 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
23 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
