नेपाल हिन्दी प्रतिष्ठानको सधारण सभा सम्पन्न अध्यक्ष पदमा पुनः वरिष्ठ पत्रकार नेपाली
कमल साह
जनकपुरधाम, असोज ३ गते । नेपाल हिन्दी प्रतिष्ठानको सधारण सभा सम्पन्न भएको छ । त्यस सधारण सभाले पुनः वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मतिबाट चयन गरिएको छ ।
उक्त सधारण सभाले ७ सदस्यीय सल्लाहकार समिति समेत सर्वसम्मतिबाट चयन गरिएको छ ।
सरस्वती राज भवनमा आयोजित सधारण सभा ले अध्यक्षमा राजेश्वर नेपाली,उपाध्यक्षमा रारा बहुमुखि क्याम्पसका हिन्दी विभाग प्रमुख रहिसकेकी आशा सिन्हा,महासचिवमा रामस्वार्थ ठाकुर गान्धि,सचिवमा चन्द्रेश्वर राय र कोषाध्यक्षमा कमल साह लाई सर्वसम्मतिबाट चयन गरिएको छ ।
त्यस्तै सदस्य पदमा सर्वसम्मतीबाट चयन हुनेहरुमा रामहृदय प्रसाद,श्रीचन्द साह, पुनम झा मैथिल, मनोज सिंह प्रमेश,सरोज यादव र कैलाश प्रसाद रहेका छन ।
उसैगरी सल्लाहकारमा चयन हुनेहरुमा वरिष्ट अधिवक्ता युगल किशोर लाल,प्रा.डा. सूर्यनाथ गोप,महेश्वर राय, चन्देश्वर प्रसाद रौनियार, खुशीलाल मण्डल, डा.शिवशंकर यादव र वरिष्ट अधिवक्ता युगल किशोर निधी रहेका छन ।
सो सधारण सभाको आरम्भमा हिन्दी साहित्यकार रामधारी सिंह दिनकर ले समाज सुधारका लागि चाल्नु भएको कदमहरु बारेमा चर्चा भएको थियो । र अन्तमा प्रथम जन आन्दोलनका नायक लोह पुरुष गणेशमा सिंह लाई स्मरण गरियो ।
वरिष्ठ पत्रकार राजेश्वर नेपालीको अध्यक्षतामा आरम्भ भएको सधारण सभामा वरिष्ट अधिवक्ता युगलकिशोर लाल,महेश्वर राय,रामस्वार्थ ठाकुर गान्धि, राम हृदय प्रसाद,श्रीचन्द साह लगायतका वक्तहरुले विचार व्यक्त गरेका छन ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
20 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
23 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
