+977 9854027065 | akulpdsah@gmail.com

नेत्रहीन विद्यार्थीका लागि दैनिक एक रुपैयाँ संकलन

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1623 Views

देवेन्द्र आलोक ,मिथिला जागरण
बिर्तामोड असोज ४ गते । नेत्रहीन विद्यार्थीको सहयोगार्थ आदिवासी जनजाति नेत्रहीन संघ झापाले दैनिक एक रुपैयाँ रकम संकलन अभियान चलाएको छ। संघमा आवद्ध सदस्यहरूबाट एक रुपैयाँ संकलन गर्दै छात्रवृत्ति कोष खडा गरिएको संघका अध्यक्ष भोजकुमार तामाङले जानकारी दिए।
संघले २०६७ सालमा देउसी भैलो खेलेर ४० हजार रुपैयाँ संकलन गरी नेत्रहीन विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापनाका गरेको थियो। सोही अभियानलाई निरन्तरता दिँदै हाल छात्रवृत्ति कोषमा एक लाख ३५ हजार रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको अध्यक्ष तामाङले जानकारी दिए। झापा जिल्लाभरिबाट संघमा १०० जनाभन्दा बढी आबद्ध छन्।
संघले आफ्नो ११औं स्थापना दिवसको अवसरमा कनकाई नगरपालिकास्थित सुरुङ्गामा कार्यक्रम गरी तीनजना नेत्रहीन विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरेको छ। कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कोषलाई १० हजार रुपैयाँ प्रदान गरेका छन्।
त्यस्तै कलाकार तथा पत्रकार आइपी भट्टराईले दैनिक एक रुपैयाँका दरले सात वर्षको रकम र सहायक वन अधिकृत दिनेश यादवले नगद २५ सय रुपैयाँ कोषलाई दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

3 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

23 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले