+977 9854027065 | akulpdsah@gmail.com

नागरिक पार्टी झापाको पूर्ण बैठक सम्पन्न

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1313 Views

देवेन्द्र आलोक -मिथिला जागरण
झापा असोज १० गते । नेपाली नागरिक पार्टी झापा जिल्ला समितिको पूर्ण बैठक झापाको बिर्तामोड स्थित पार्टी जिल्ला कार्यालयमा सम्पन्न भएको छ । प्रमुख अतिथि पार्टी केंद्रिय अध्यक्ष रामचन्द्र छेत्रीले बर्तमान पूंजिबादी संसदीय व्यवस्थाले नागरिक को जीवनको सुरक्षाको ग्यारेण्टी गर्न नसक्ने हुदा देश र नागरिकको हितमा सम्पूर्ण रुपले नेपाली समाजको रुपान्तरणका लागि बैकल्पिक लोकतांत्रिक व्यवस्थाबाट मात्र सम्भव हुने र यस ब्यबस्थाको स्थापनाका निम्ति राज्यले शिक्षा, स्वास्थ्य,रोजगार,सुरक्षा र धार्मिक स्वतन्त्रता गर्नुपर्ने हुदा यस अभ्यासलाई अहिले हाम्रो पार्टीको प्रतिबध्दता हो।उनले त्यसका लागि बैकल्पिक लोकतांत्रिक व्यवस्थाको नेतृत्व गर्ने नया बैकल्पिक राजनैतिक शक्तिहरुको संयुक्त सरकार अपरिहार्य रहेको बताए ।
पार्टी झापा जिल्ला अध्यक्ष देवेन्द्रकिशोर ढुंगानाको अध्यक्षतामा भएको सो बैठकले जिल्ला समितिमा जयराम गौतम, राम प्रसाद चापागाई लगायत एक दर्जन सदस्य मनोनयन गरेको छ ।साथै बैठकले पार्टी संगठन सुदृढ र बिस्तार गर्न बडा,गाउ,क्षेत्र नगर भेला गर्ने, सनातन हिन्दूराष्ट्र नेपाल राष्ट्रिय अभियान अन्तर्गत झापा जिल्लामा रैली गर्ने,राष्ट्रियताको पक्षमा संघर्ष गर्ने र हिन्दू युबाहरुको सहभागितामा जिल्ला स्तरमा हिन्दु रक्षक बाहिनी तथा पशुपति सेना नेपाल दस्ता निर्माण गर्ने निर्णयका साथ बैठक सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

7 दिन पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

7 दिन पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

7 दिन पहिले

होटल व्यवसायीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने प्..

नारायण घिमिरेमहोत्तरी, असार ८ गते । मधेस प्रदेशका होटल सञ्चालकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा होटेलको स्त..

9 दिन पहिले

संघीय निजामती सेवा विधेयकमा मधेशी समुदायको समावेशीताको..

प्रेमचन्द्र झा, काठमाडौं, असार ०३ गते । संघीय निजामती सेवा विधेयक, २०८२ मा मधेशी समुदायको निष्पक्ष, समावेशी र न्या..

14 दिन पहिले