मंत्री महतो ले सेवा गृह संचालनका लागि प्रतिवद्धता जनाउनु भयो
कमल साह, जनकपुरधाम
जनकपुरधाम, पुस २२ गते । महिला वाल वालिका तथा जेष्ठ नागरिक मंत्री जुली कुमारी महतो ले मैले भ्रमण गरेको अपांग संघहरुमा जनकपुरधाम मा संचालित अबल किसिमको पूर्वाधार रहेको बताउँदै यहाँ अपांगता सेवा गृह संचालन होस कामना गर्दै त्यसको लागि चाँडो भन्दा चाँडो प्रपोजल पेश गर्न सुझाब दिनुभायो ।
महिला वाल वालिका तथा जेष्ठ नागरिक मंत्री जुली कुमारी आज नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र जनकपुरधाम को भ्रमण क्रममा उक्त भनाई राख्नुभयो ।
उहाँले यहां संचालित नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र प्रदेश नं.२ मा यस्ता पूर्वाधार भएको संस्था नभएको बताउँदै पछिल्ला मंत्रीहरुले किन उपेक्षित गरेको भनि आश्चर्य व्यक्त गर्नुभयो ।
मंत्री महतो ले दीर्घकालिन अपांगता पुनरस्थापन गृह सेवा संचालनको लागि जति सक्दो स्थानिय निकाय र प्रदेश सरकारबाट सिफारिस गराई प्रपोजल महिला वाललालिका तथा जेष्ठ नागरिक मंत्रालयमा ल्याउनको लागि सुझाब दिनुभयो ।
अफुलाई नेपाल अपांग संघ संचालन भईरहेको जानकारी रहेको बताउँदै मंत्री महतो आज हेर्नको लागि इच्छुक भएर नै यहाँ आईपुगेका हुन ।
नेपाल अपांग केन्द्रिय महासचिव एवं नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र का निर्वतमान सभापति शिवचन्द्र साह ले जनकपुरधाममा वि.सं.२०४० सालदेखि नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र संचालन भईरहेको जानकारी गराउनुभयो । उहाँले नेपाल अपांग संघ स्थापना कालदेखि नै शिक्षा मंत्रालयको विशेष शिक्षा कार्यक्रम संचालन भईरहेको हुनाले यस क्षेत्रका थुप्रै अपांग साथीहरु स्वरोजगार पाएका हुन बताउनुभयो । तर, शिक्षा मंत्रालयले सो विशेष शिक्षा कार्यक्रम बन्द गरिदिएपछि दीन हिन अपांगलाई जीवन यापन चलाउन कठिनाई हुँदै आएकोे उहाँले दुख ब्यक्तगनु भयो ।
नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र जनकपुरका अध्यक्ष नन्दकिशोर महासेठ ले नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र जोरपाटी काठमाण्डौमा संचालन भईरहेको दीर्घकालिन अपांगता पुनरस्थापन गृह सेवा झैं संचालन गरिदिनको लागि आग्रह गर्नुभयो ।
सो अवसरमा जनकपुरधाम उप महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रमेश ठाकुर को उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
14 दिन पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
25 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
1 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
1 महीना पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
संवाददाता
