+977 9854027065 | akulpdsah@gmail.com

प्रबासी नेपाली संगठन गुजरातको अध्यक्षमा बिक्रम

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1528 Views

कमला भट्टराई
बिर्तामोड (झापा)असोज १३ गते ।नेपाली नागरिक पार्टीको प्रबास संगठन ब्रबासी नेपाली सÞगठन सुरज सिटी (गुजरात)को प्रथम बैठक “प्रबासमा हुने सबै खाले शोषण,दमन र भेदभावको अन्त्य गरौ“भन्ने नाराका साथ सम्पन्न भयो।सो बैठकले प्रबासी नेपाली संगठन गुजरात सिटी कमिटीको अध्यक्षमा बिक्रम भट्टराईलाई मनोनयन गरेको छ ।
भर्चुलमा भएको उक्त बैठकको उदघाटन गर्दै नेपाली नागरिक पार्टी केन्द्रिय अध्यक्ष रामचन्द्र छेत्रीले देशमा ब्याप्त भ्रष्टाचार,शोषण दमन,हिंसा र बर्गिय भेदभाबका विरुद्ध देश बाहिर रहेका नेपाली हरुबाट भण्डाफोर गर्दै सनातन हिन्दूराष्ट्र नेपालको निर्माणमा बिदेशमा छरिएर रहेका नेपालीहरुको ऐक्यबध्दता आबश्यक रहेको बताए ।
उक्त भर्चुल बैठकमा पश्चिम बंगालबाट योग्यमाया ढुंगाना,असमबाट डम्बर दाहाल,पुरानी दिल्लीबाट रमेश छेत्री,बेंगलोरबाट कुमार बिक,लगायतका संगठन प्रतिनिधिको सहभागिता रहेको थियो ।बैठकमा पार्टी प्रबक्ता देवेन्द्रकिशोर ढुंगानाले प्रबासमा रहेका नेपालीहरुको अबस्था त्यसको समस्या र समाधान बिषयमा कार्यपत्र पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

3 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

23 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले