शिक्षक पार्टीको निर्वाचनमा, बालबालिकाको पठन–पाठन प्रभावित
मिथिला जागरण समाचारदाता
चन्द्रौटा कपिलवस्तु , असोज १३ गते । बिद्यालयका शिक्षकहरू नेपाली काङ्ग्रेसको निर्वाचनमा पढाई ठप्प हुनेगरि सहभागी भएका छन् । लामो समयसम्म कोभिडको कारण विद्यालय बन्द रहेको अवस्थामा शिवराज नगरपालिकाले भौतिक दुरी कायम गरि पठन–पाठन शुरू गरे पनि अहिले विद्यालयका शिक्षकहरू नेपाली काङ्ग्रेसको वडा देखि क्षेत्रीय स्तरसम्म हुनालागेको अधिबेशनमा विद्यालयका शिक्षकहरू निर्वाचनमा गराउन सहभागी भएको देख्न सकिन्छ ।
शिक्षा विकास तथा समन्वय इकाइको मिति २०७८÷०६÷०७ गतेको विज्ञेप्ती अनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू विभिन्न राजनितिक पार्टीमा सम्लग्न सक्रियरूपमा पार्टीको कार्यकारि पदमा रहि काम गरेको वा राजनितिक पार्टीको अधिवेशनमा भाग लिई सक्रिय राजनितिमा सहभागी भई विद्यालयको पठन–पाठन प्रभावित भएको प्रेस विज्ञेप्ति मार्फत ध्यानकर्षण भएको जनाएको थियो । शिवराज नगरपालिका अन्तर्गत कार्यरत शिक्षकहरूले उक्त पत्रको बेवास्था गर्दे चुनाबमा सहभागीता जनाएका छन् । शिक्षा ऐन २०२८ (संशोधन सहित) को दफा १६ (ङ) उपदफा ५ को “छ“ मा उल्लेखित व्यवस्थाले शिक्षकहरू पार्टीको काममा सक्रिय हुने विषेशलाई निषेध गरेको छ ।
कुने पनि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले पार्टीको स्रकिय राजनितीमा सहभागी देखियो भन्ने शिक्षा नियमावली २०५९(संशोधनसहित)को परिच्छेद २३, निषम १३८ को उपनियम (१) बमोजिम कारवाही हुने व्यस्था रहेपनि शिवराज नगरपालिका अन्तर्गत रहेको नेपाल आदर्श मा.वि,सरस्वति आधारभुत विद्यालय र राष्ट्रिय मा.वि लगायतका विद्यालयमा कार्यरत शिक्षकहरूको सहभागीता रहेको थियो । लुम्बिनी प्रदेश सासंद तथा कपिलवस्तु क्षेत्र न ३ (क) का प्रदेश सदस्य अर्जुन कुमार के.सीले आफनो फेसबुकवालमा विद्यालयका शिक्षकहरू राजनीतिक दलको चुनाबमा यसरी खुलारूपमा विद्यालयको पठन–पाठन नै प्रभावित गरि सहभागी हुनु उदेक लाग्यो भनी लेखेका छन् ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
3 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
23 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
