शिक्षक पार्टीको निर्वाचनमा, बालबालिकाको पठन–पाठन प्रभावित
मिथिला जागरण समाचारदाता
चन्द्रौटा कपिलवस्तु , असोज १३ गते । बिद्यालयका शिक्षकहरू नेपाली काङ्ग्रेसको निर्वाचनमा पढाई ठप्प हुनेगरि सहभागी भएका छन् । लामो समयसम्म कोभिडको कारण विद्यालय बन्द रहेको अवस्थामा शिवराज नगरपालिकाले भौतिक दुरी कायम गरि पठन–पाठन शुरू गरे पनि अहिले विद्यालयका शिक्षकहरू नेपाली काङ्ग्रेसको वडा देखि क्षेत्रीय स्तरसम्म हुनालागेको अधिबेशनमा विद्यालयका शिक्षकहरू निर्वाचनमा गराउन सहभागी भएको देख्न सकिन्छ ।
शिक्षा विकास तथा समन्वय इकाइको मिति २०७८÷०६÷०७ गतेको विज्ञेप्ती अनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू विभिन्न राजनितिक पार्टीमा सम्लग्न सक्रियरूपमा पार्टीको कार्यकारि पदमा रहि काम गरेको वा राजनितिक पार्टीको अधिवेशनमा भाग लिई सक्रिय राजनितिमा सहभागी भई विद्यालयको पठन–पाठन प्रभावित भएको प्रेस विज्ञेप्ति मार्फत ध्यानकर्षण भएको जनाएको थियो । शिवराज नगरपालिका अन्तर्गत कार्यरत शिक्षकहरूले उक्त पत्रको बेवास्था गर्दे चुनाबमा सहभागीता जनाएका छन् । शिक्षा ऐन २०२८ (संशोधन सहित) को दफा १६ (ङ) उपदफा ५ को “छ“ मा उल्लेखित व्यवस्थाले शिक्षकहरू पार्टीको काममा सक्रिय हुने विषेशलाई निषेध गरेको छ ।
कुने पनि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले पार्टीको स्रकिय राजनितीमा सहभागी देखियो भन्ने शिक्षा नियमावली २०५९(संशोधनसहित)को परिच्छेद २३, निषम १३८ को उपनियम (१) बमोजिम कारवाही हुने व्यस्था रहेपनि शिवराज नगरपालिका अन्तर्गत रहेको नेपाल आदर्श मा.वि,सरस्वति आधारभुत विद्यालय र राष्ट्रिय मा.वि लगायतका विद्यालयमा कार्यरत शिक्षकहरूको सहभागीता रहेको थियो । लुम्बिनी प्रदेश सासंद तथा कपिलवस्तु क्षेत्र न ३ (क) का प्रदेश सदस्य अर्जुन कुमार के.सीले आफनो फेसबुकवालमा विद्यालयका शिक्षकहरू राजनीतिक दलको चुनाबमा यसरी खुलारूपमा विद्यालयको पठन–पाठन नै प्रभावित गरि सहभागी हुनु उदेक लाग्यो भनी लेखेका छन् ।
कमेन्ट गर्नुहोस्
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
3 दिन पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
1 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
2 महीना पहिले
रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊ..
भागचरण यादब, जनकपुरधाम, जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग ..
2 महीना पहिले
जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
6 महीना पहिले
