नागरिक पार्टी व्दारा छानबीनको मांग
कमला भट्टराई
दमक (झापा)असोज १६ गते । नेपाली नागरिक पार्टी दमक नगर समितिले प्रेस बिज्ञप्ति प्रकाशित गरी झापा जिल्लाको दमक नगरपालिका बडा नं ४ मा अबस्थित हिमालय माध्यमिक विद्यालयको आर्थिक हिनामिना तथा अनियमितता भएको घटना प्रति हाम्रो गौरवशाली पार्टी नेपाली नागरिक पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बिज्ञप्तिमा देशकै नमूना एवं झापाको पुरानो विद्यालय जहां तीन हजार भन्दा बढी संख्यामा विधार्थीहरु अध्ययनरत छन । स्थानीय सरकारले अवैधानिक रूपमा राजनीति करणको आड भरोसामा गठन गरिएको कथित विद्यालय ब्यबस्थापन समितिको प्रत्यक्ष संलग्नतामा यो घृणित कार्य भएको दाबी गरेको छ ।
पार्टी दमक नगर समिति इन्चार्ज देबी भेटबाल व्दारा हस्ताक्षरित बिज्ञप्तिमा भनेको छ शिक्षा जस्तो पवित्र क्षेत्रमाउ राजनीतिक हस्तक्षेप हुनु हुदैन ।
त्यहा अध्ययन रतm विद्यार्थीहरुको अभिभावकले विद्यालयको नेतृत्व र संरक्षण गर्नु पर्छ भन्ने नेपाली नागरिक पार्टीको मांग रहेको सन्दर्भमा स्थानीय सरकारले विद्यालयलाई पार्टी कार्यकर्ता भर्ती केन्द्र बनाउनुले बास्तबमा बिद्यालयमा भ्रष्टाचार मौलाउनुको मुख्य कारण हो ।
बिज्ञप्तिमा यस प्रबृत्तिले विद्यालयहरु देशब्यापी रुपमा ध्वस्त बन्दै गएको बताउदै विद्यालयमा भएको यो घटनाको न्यायोचित छानबीन गर्न छानबीन समिति गठन गर्नुपर्ने र तत्काल प्रतिबेदन सार्बजनिक गरी दोषी माथी कावार्ही गर्न जोडदारका साथ मांग गरेको छ ।
कमेन्ट गर्नुहोस्
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
8 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
21 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
23 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
2 महीना पहिले
संवाददाता
