+977 9854027065 | akulpdsah@gmail.com

विश्व मानसिक स्वास्थ्य दिवस मनाईयो

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1193 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, आश्विन २४ गते । सबैका लागि मानसिक स्वास्थ्य, यसलाई बास्तविक बनाऔ “ भन्ने नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस १० अक्टोबरको सन्दर्भमा महिला स्वास्थ्य स्वयमंसेविका, तथा स्वास्थ्यकर्मीहरूका लागि नगराईन नगरपालिका, धनुषाको आयोजना र कोशिश(नेपालको सहयोग तथा सवन्वयमा मानसिक तथा मनोसामाजिक सुस्वास्थ्य सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम ८ अक्टोवरमा सम्पन्न भएको हो ।
मनोसामाजिक समस्या के हो, यसका कस्ता(कस्ता लक्षणहरू हुन्छन्, के कारणले गर्दा यो समस्या हुने, यसका परिणामहरू के(के हुन सक्ने साथै यो समस्यालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने उदाहरण तथा अभ्यासद्वारा सहभागीहरूलाई अनुभूत गराईएको हो । “ आफूमा भएको डर, चिन्ता, पिर, तनाव, दुःख, निराश, निन्द्रा,तथा खानामा गडबढी, एक्लापनको महशुस पहिचान गर्दै त्यसलाई स्थानीयस्तरमा व्यवस्थान गर्नका साथ अरू समस्या परेका व्यक्तिहरूलाई पनि सहयोग गर्नु तथा आवश्यक पर्दा प्रेषण(रिफरल) सही सुचना प्रदान गरि मानसिक तथा मनोविमश सेवामा पहुँच पुर्याउनुका साथै व्यक्ति कसरी मानसिक तथा मनोसामाजिकरूपमा सुवास्थ्य रहन सकिन्छ भन्ने कार्यक्रमको उदेश्य रहेको कोशिश(नेपालका मनोविद् तथा कार्यक्रम का सहजकर्ता प्रमेश बादेले बताए दिए ।
यदि कुनै पनि व्यक्तिलाई लामो समयसम्म निन्द्रा, खानामा गडबडी, डर,चिन्ता, पिर, तनाव, दुःख, नैरास्यता, रिस उठिरहने, दोषी भावना, उदास भैराख्ने, एक्लोपन तथा असाह्यपनको महशुस, जीवन बोझ लाग्ने, आदि समस्या भएमा कोशिश(नेपालद्वारा सञ्चालित नेपाल टेलिकम (ल्त्ऋ) बाट फोन गर्दा पैसा नपर्ने टोल फ्रि नम्बर १६६०३३५२०११ मा सम्पर्क गरि मनोविमर्श सेवाबाट लाभ लिनका लागि आग्रह समेत गरेका छन् ।
मानसिक स्वास्थ पनि शारीरिक स्वास्थ जत्तिकै महत्वपूर्ण छ। त्यसले आ(आफ्नो मानिसक तथा मनोसामाजिक सुस्वाथ्यको हेरविचार गर्न नगराईन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामगुलाम कर्णले सहभागीहरूलाई आग्रह गरेका हुन । समुदायमा मनोसामाजिक समस्याबाट प्रभावित भएका व्यक्तिहरूका लागि समयमै सहयोग, मनोबिमर्श तथा मानसिक स्वास्थ्य सेवामा पहुँच पुर्याई सामाजिक पुर्नस्थापना पुर्याउन समेत स्वास्थ्य शाखा प्रमुख कर्णले जोड दिए ।
कार्यक्रममा बिजया दशमीको शुभकामना आदनप्रदान समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

19 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

29 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले