+977 9854027065 | akulpdsah@gmail.com

युवा स्वरोजगार तथा चुनौतीहरु सम्बन्धि दुई दिने अभिमुखिकरण गोष्टी सम्पन्न

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1312 Views

प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, कार्तिक २३ गते । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १० लालपुरमा युवा स्वरोजगार चुनौती तथा अवसरहरु सम्बन्धि दुई दिने अभिमुखिकरण गोष्टी सम्पन्न भएको छ । शिवराज नगरपालिका वडा नं १० को सहयोगमा र मोटिवेशन फनेल प्रालिको आयोजनामा कार्यक्रम लालपुरमा सम्पन्न भएको हो ।

कार्यक्रममा ५० जना भन्दा बढ़ी किशोर किशोरीहरु को उपस्तिथि रहेको कार्यक्रमकी अध्यक्ष तथा शिवराज नगरपालिका वड़ा नं १० की वड़ा अध्यक्ष मन्जु मिश्राले जानकारी दिनुभएको छ । कार्यक्रमको उद्घाटन गर्दै बिद्यार्थी र अन्य किशोर किशोरीहरु को लागि व्यवसायीक सीप विकास जस्तो लाभ दायक कार्यक्रमको उद्घाटन गर्न पाउंदा खुशी समेत मिश्राले ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा बोल्दै लोसपाका लुम्बिनी प्रदेश अध्यक्ष रवि दत्त मिश्राले किशोर किशोरी तथा बिद्यार्थीहरु लाई प्रेरणा दिदै यस कार्यक्रमका बिज्ञ डा‘ सलीम द्वारा प्रदान गरिने ज्ञान ईमानदारी पुर्बक ग्रहण गर्न समेत सबैमा आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै वड़ा अध्यक्ष मन्जु मिश्राले किशोर किशोरी तथा बिद्यार्थीहरु लाई पढाई लेखई तथा अन्य केहि कुरामा समास्या भए वड़ा कार्यालय तथा मलाई जानकारी गराउन समेत आग्रह गर्नु भएको थियो । २ दिने युवा स्वरोजगार चुनौती तथा अवसरहरु सम्बन्धि त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक डा‘ सलीमले कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि लोसपा लुम्बिनी प्रदेशका प्रदेश अध्यक्ष रवि दत्त मिश्रा , बिसिस्ट अतिथि लोसपाका जिल्ला सदस्य शिवभगत ठाकुर , यूनी ग्लोबका प्रोग्राम डायरेक्टर आशीष कुमार मिश्रा , सार्क का‘लेजका शिक्षक पवन त्रिपाठी , लोसपाका विद्यार्थी नेता दीपेन्द्र चौधरी , लोसपाका युवा नेता तथा समाजसेवी अरुण मिश्रा , लोसपाका युवानेता आनन्द मिश्रा वड़ा नम्बर १० का वड़ा सदस्य लगायत युवा क्लबका प्रतिनिधिहरु को उपस्तिथि रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

2 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

23 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले