+977 9854027065 | akulpdsah@gmail.com

युनेस्को काठमाडौको सहयोगमा क्राईम केयर सामुदायिक सिकाई अध्ययन केन्द्रलाई सहयोग

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

909 Views

रश्मि पटेल, रौतहट
रौतहट, मंसिर १६ गते । युनेस्को काठमाडौको सहयोगमा क्राईम केयर सामुदायिक सिकाई अध्ययन केन्द्र ,राजदेबी नगरपालिका ७ ,मुडवालवा रौतहटलाई करिब साढे तीन लाख रुपैया बराबरको सामाग्री राजदेबी नगरपालिकाका मेयर धिरेन्द्र कुमार सिंहले हस्तान्तरण गरेका छन ।
सिकाई केन्द्र मुडवलवाको कार्यालयमा आयोजित एक अनौपचारिक कार्यक्रममा युनेस्को रौतहटको प्रतिनिधि दिपेन्द्र ठाकुरले मेयर धिरेन्द्र कुमार सिंह द्वारा संस्थाका अध्यक्ष रबिन्द्र प्रसाद साह र सहजकर्ता रश्मि पटेललाई लैपटप , डिजिटल क्यमरा , प्रिण्टर, स्केनर,प्रोजेक्टर र बैग लगाएतका सामग्री हस्तान्तरण गर्नु भएको छ ।
रौतहट जिल्लामा ४५ वटा सामुदायिक सिकाइ केन्द्र रहेकोमा तत्काल चार वटा नगरपालिकालाई छनौट गरिएको मध्ये राजादेबी नगरपालिकामा रहेको चार सामुदायिक अध्ययन केन्द्र मध्य क्राईम केयर सामुदायिक सिकाइ अध्ययन केन्द्र छनौट भएकोले सो सामाग्री हस्तान्तरण गरिएको युनेस्को रौतहट प्रतिनिधि दिपेन्द्र ठाकुरले बताउनु भएको छ।
अत्याधुनिक सामाग्री हस्तान्तरण पछि मेयर सिंहले युनेस्को संस्थालाई धन्यवाद दिदै हाम्रो नगरको बिकासमा थप उर्जा मिल्ने कुरामा आफू बिश्वास्त रहेको र यस सामुदायिक सिकाइ केन्द्रलाई थप सहयोग गर्ने बचनवदता जाहेर गर्नु भएको छ।
कार्यक्रममा नगरपालिका शिक्षा शाखा प्रमुख बिजय सिंह , स्थानीय समाजसेवी कृष्णनन्दन यादव , राजदेव साह कानु लगाएतका ब्यक्तिहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

20 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

23 दिन पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

1 महीना पहिले

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

3 महीना पहिले

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

3 महीना पहिले