+977 9854027065 | akulpdsah@gmail.com

मानव अधिकार, मानव जीवनका लागि अत्यावश्यक ः मुख्यमन्त्री राउत

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1000 Views

कमल साह
जनकपुरधाम,मंसिर २५ गते । मुख्यमन्त्री लालबाबु राउतले मानव अधिकारीको संरक्षण मानव जिवनको लागी अत्यावश्यक रहेको बताउनु भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगद्वारा ७३ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आज जनकपुरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मनुष्यलाई समान्य जीवन यापनका लागि समेत मानव अधिकारको प्रत्याभूति हुनु आवश्य रहेको उल्लेख गर्नु भयो ।
मानव अधिकार संरक्षणको लागी प्रदेश सरकार सदैव तत्पर रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले मानव अधिकार बाट बंचित समाजका उत्पिडित वर्गहरुको लागी प्रदेश सरकार एक पछि अर्को कार्यक्रमहरु ल्याइ रहेको दावी समेत गर्नु भयो ।
अशिक्षा र बेरोजगारीका कारण मानव अधिकारबाट बंचित महिला , दलित मुस्लिम लगायतका समुदायहरुको लागी प्रदेश सरकारले अग्रपक्तिमा रहेको काम गरि रहेको भए पनि अपांग र यौनिक अल्प संख्यकहरुको लागी चाहदा चाहदै पनि उल्लेखनीय कामगर्न नसकेको भन्दै दुख व्यक्त समेत गर्नु भयो ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उच्च अदालत जनकपुरका न्यायाधिश हरि प्रसाद बगाले, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, डिआइजी उमेश रंजितकार, संयुक्त राष्ट्र संघीय निकायका प्रतिनिधि नरेन्द्र मिश्र, एडभोकेसी फोरमका राजकुमार महासेठ, अपांग महासंघका किरण पासवान सहितका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

19 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

29 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले