सर्लाहीमा मालपोतका दुई कर्मचारी घूससहित पक्राउ
सन्जु कर्ण, सर्लाही,
सर्लाही, पुस २५ गते । सेवाग्राहीसँग लिएको घूस रकमसहित सर्लाहीको हरिवनस्थित मालपोत कार्यालयका नायब सुब्बा र एक लेखनदास पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले ११ हजार घूस रकमसहित मालपोत कार्यालयका नायब सुब्बा बेदनिधि बराल र लेखनदास रामसुन्दर महतोलाई नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीको सूचनाको आधारमा बिहीबार कार्यालय सुरु भएसँगै अख्तियारको टोलीले लेखनदास महतोलाई खान तलासी गर्दा सो रकम बरामद भएको थियो ।
महतोसँग सोधपुछको क्रममा र माबाइल कल रेकर्डको आधारमा नायब सुब्बा बराल पनि पक्राउ परेका हुन् । सेवाग्राहीसँग घूस रकम लिन नासु बरालले आफूलाई खटाएको महतोले अख्तियार टोली समक्ष बयान गरेका थिए । लालपुर्जामा नाम सच्याउनका लागि ११ हजार घुस रकम लिएको सेवाग्राहीको भनाइ छ । लेखनदास महतोले पहिला १८ हजार माग गरेकोमा पछि ११ हजारमा तय भएको थियो ।
चिया तथा खाजा खर्च भन्दै घूस रकम माग गरेपछि सेवाग्राहीले अख्तियारलाई गुहारेका थिए । पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि बर्दिवास कार्यालय लगिएको अख्तियारले जनाएको छ । मालपोतमा चिया र खाजा खर्च भन्दै पटकपटक रकम उठाउने गरिएको सेवाग्राहीको गुनासो छ ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
4 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
24 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
