राष्ट्रिय सभाका लागि मधेश प्रदेशमा एमाले र लोसपाको साझा उम्मेदवार
कमल साह
जनकपुरधाम, माघ ६ गते । राष्ट्रिय सभामा मधेश प्रदेशबाट गरिने २ दुई जना प्रतिनिधित्वका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा) बीच गठबन्धन भएको छ ।
दुई दल बीच भएको गठबन्धन अनुसार दुईवटै पार्टीबाट एक–एक जना साझा उम्मेदवार घोषणा भएको छ ।
यहि माघ १२ गते हुन लागेको राष्ट्रियसभाको निर्वाचनका लागी नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) आज यहाँ संयुक्त पत्रकार सम्मेलन आयोजना गरी दुई दलबीच गठबन्धन भएको घोषणा गरेका छन् ।
नेकपा एमाले र लोसपा संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रियसभा निर्वाचनका लागी दुवै दलबाट एक÷एक जनालाई उम्मेदवार रहेको जानकारी गराएका छन । लोसपाबाट महोत्तरीकी रुपा कुमारी यादवको उम्मेदवारी मात्र परेको थियो । त्यस्तै एमालेबाट बीरगंजका उसमान अन्सारी र धनुषाबाट विना देवीले उम्मेदवारी दिनुभएको थियो ।
आज लोसपासँगको गठबन्धनपछि एमालेकी बिना देवी यादवले कानुनी रुपमा उम्मेदवार भएपनि व्यावहारीक रुपमा फिर्ता लिएकी छन् ।
नेकपा एमाले र लोसपा बीच भएको गठबन्धन अनुसार एमालेका उसमान अन्सारी र लोसपाका रुपा यादव अधिकारीक उम्मेदवारी कायम भएको घोषणा भएको छ । दुईटै दलका उम्मेदवारलाई विजय बनाउनका लागि एमालेको सूर्य छाप र लोसपाका साईकल छापमा मतदान गरिदिनको लागि अहवान गरिएको छ ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
20 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
23 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
