सर्लाहीमा नेकपा एकीकृत समाजवादीको जिल्ला कार्यालय उदघाटन
सन्जु कर्ण, सर्लाही,
सर्लाही, माघ १० गते । सर्लाहीको सदरमुकाम मलंगवामा आज नेकपा एकीकृत समाजवादीले आफ्नो जिल्ला कार्यालय उदघाटन गरेको छ ।
कोभिड सचेतना अपनाउदै सानो कार्यक्रम बिच जिल्ला पार्टी कार्यालय उदघाटन गरिएको पार्टी प्रचार बिभाग प्रमुख चूडामणि वाग्लेले जानकारी दिनुभयो । पार्टीका केन्द्रिय उपाध्यक्ष एबं मधेस प्रदेश इन्चार्ज धर्मनाथ साहले रिवन काटेर कार्यालय उदघाटन गर्नु भएको हो ।
कार्यक्रममा मन्तब्य राख्दै उहाले स्थानीय चुनाब आगामी बैशाखमा गर्न नेपालको संबिधानले नै बाटो बन्द गरेको दाबी गर्नु भयो । उहाले संबिधानमा स्थानीय जनप्रतिनिधिको पाच बर्षिय कार्यकाल पूरा भएको छ महिना भित्र चुनाब गराउने प्राबधान रहेको स्मरण गराउनु भयो ।
जिल्ला अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय नेताहरु रबिन्द्र बैठा, डिल्ली उप्रेती एब बेची लुङेली, जिल्ला उपाध्यक्ष देबेन्द्र राय, सचिब गोबिन्द अधिकारी, मलगवा नगर अध्यक्ष राजाराम साहले मन्तब्य राख्नु भएको थियो ।
मलंगवाको शिबसागर चोकमा खुलेको कार्यालय अब नियमित रुपमा खुल्ला रहने प्रचार बिभाग प्रमुख वाग्लेले बताउनु भयो । नेकपा एकीकृत समाजबादीको जिल्ला कार्यलय उदघाटन कार्यक्रममा जिल्लाका अगुवा कार्यकर्ताको उपस्तिथि रहेको थियो ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
20 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
23 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
