+977 9854027065 | akulpdsah@gmail.com

जनप्रतिनीधी र कर्मचारीको मिलेमतोमा फुलजोर खोला दोहन

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

970 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, माघ २७ गते । जिल्लाको फुलजोर खोलबाट ठेकेदार कम्पनीहरूले सम्झौताविपरीत नदीजन्य पदार्थ उत्खनन गरेको छ। लालबन्दी नगरपालिका–१७ ढाडाटोल, प्रतापटोल र फुलजोर र कालिन्जोर नाकाको फुलजोर खोलाबाट सम्झौताविपरीत ठेकेदार कम्पनीले अत्यन्त लापरबाहीपुर्ण तरिकाले गिट्टी बालुवा निकालेको स्थानीयले आरोप लगाएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी(१७ स्थित रानीगंजबाट करिब २ किलोमिटर उत्तर फुलजोर खोलाबाट अत्यन्त गहिरो बनाएर गिट्टी बालुवा निकालेको भन्दै पटकपटक स्थानीयले विरोध गर्दै आएका छन्। तर, स्थानीयको विरोधको आवाज नत जनप्रतिनिधिले सुनेका छन् नत ठेकेदारले । अहिले उक्त नाकामा आफ्ना गलत हर्कतको प्रमाण लुकाउन उत्खनन गरिएका ठूलठूला खाडल पुरेर गरेको स्थानीयवासीले जानकारी दिएका छन ्। ’अहिले खनिएका ठाउँमा १५ देखि २० फिट गहिरो खनेको खाडलको प्रमाण मेटाउन पुरेका छन्।
हामीले पटकपटक वडाध्यक्षलगायत सम्बन्धित निकायमा समस्या समाधानका निम्ति हारगुहार गर्दा पनि सुनुवाइ भएको छैन’ स्थानीय रामबहादुर योञ्जनले गुनासो गरे । ठेकेदार कम्पनी, कर्मचारी र जनप्रतिनिधि समेतको मिलेमतोमा अवैध उत्खनन भइरहेको आरोप लगाए ।गिट्टी बालुवा निकालेको ठाउँमा गहिरो डरलाग्दो खाडल बनेको छ।
नगरपालिकाले गत असोजमा ठेक्का आह्वान गरेर खोलाबाट गिट्टी बालुवा निकासा गर्न अनुमति दिएको थियो। खोला उत्खननको अनुमति पाएको विकल्प कन्टूक्सन एण्ड सप्लायर्स लालबन्दी–७ ले अवैध ढंगले नदीजन्य पदार्थ निकालेको स्थानीयले आरोप लगाउँदै आएको छ। लालबन्दी नगरपालिका–१७ का वडाध्यक्ष नवराज अधिकारीसँग यस विषयमा जानकारी लिन फोन सम्पर्क गर्दा फोन उठाएका छैनन ्।
नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन गरी तयार पारिएको प्रतिवेदनअनुसार लालबन्दी–१७ मा पर्ने फुलजोर खोलाबाट १.५ मिटर अर्थात् ५ फिट गहिराइसम्मको गिटी बालुवा निकाल्न सकिनेछ ।
उक्त खोलाबाट ८लाख ९७ हजार ९ सय ९६ घनफिट गिटी बालुवा निकाल्न सकिने नगरपालिका र ठेकेदार कम्पनीबिच सम्झौता भएको छ। तर, ठेकेदार कम्पनीले खनेको खाडल १५ देखि २० फिटभन्दा गहिरो छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमल्सिनाका अनुसार नगरपालिकाले लगाएको फुलजोर खोलाअन्तर्गतको ठेक्का विकल्प कन्टूक्सन एण्ड सप्लायर्सले ३५ लाख रुपैयाँमा सकारेको हो। सोही स्थानमा ठेकेदार कम्पनीले केही दिनदेखि अवैध उत्खनन गरिरहेको छ ।
प्रमुख प्रशासकीय अधिकृत तिमल्सिनाले मापदण्डअनुसार उत्खनन नभएको पाइए कानुनबमोजिम कारबाही गर्ने बताए। तर, प्रभावकारी अनुगमन नभएको उनले स्वीकारे ।
ठेकेदार कम्पनीले सम्झौताअनुसार उत्खनन भए भएनन् अनुगमन नगरेको बुझिएको पाइएको छ। समय समयमा निरीक्षण गर्नुपर्ने नगरपालिका कार्यलयका कर्मचारी तथा जनप्रतिनिधिले स्थानीयबासीबाट आएको गुनासोमा कुनै तदारुकता नदेखाउनुमा उनीहरूको समेत मिलेमतोको आशंका रहेको स्थानीयको आरोप छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

20 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

23 दिन पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

1 महीना पहिले

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

3 महीना पहिले

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

3 महीना पहिले