+977 9854027065 | akulpdsah@gmail.com

समाजबादी प्रेस संगठन नेपालको जिल्ला कमिटी गठन्

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1214 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, फाल्गुन ४ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजबादी प्रेस संगठन नेपालको आज ( बुधबार ) भएको सर्लाही भेलाले जिल्ला कमिटी गठन गरेको छ ।
उद्योग वाणिज्य संघ लालबन्दीको सभाहलमा भएको भेलाले पत्रकार क्षितिज बिश्वकर्माको अध्यक्षतामा समाजवादी प्रेस संगठन नेपाल गठन गरेको हो । नवगठित १७ सदस्यिय कार्यसमितीको वरिष्ठ उपाध्यक्षमा रिना आले, उपाध्यक्षमा अनिता साह, सचिबमा बिप्लब पोखरेल, कोषाध्यक्षमा लक्ष्मी गुरुङ, सह–सचिबद्वयमा कौसिला दर्नाल एबं रञ्जना राई सहित अन्य सदस्य चयन भएका छन ।
त्यस्तै भेलाले कश्यप बरालको संयोजकत्वमा राघब शर्मा, मुकुन्द ढुङ्गेल, ढुण्डी राज पोखरेल र प्रेम राज दाहाल रहेको सल्लाहकार समिती पनि चयन गरेको छ ।
पार्टी केन्द्रिय सदस्य तथा प्रदेशसभा सांसद बेचि लुंगेलीको प्रमुख आतिथ्यतामा भएको भेलामा सह(सचिव नवराज मिश्र, पार्टीका सर्लाही जिल्ला प्रचार बिभाग प्रमुख चुडामणि वाग्ले लगाएतको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

20 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

23 दिन पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

1 महीना पहिले

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

3 महीना पहिले

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

3 महीना पहिले