+977 9854027065 | akulpdsah@gmail.com

स्थानीय निर्वाचनविरुद्धको मुद्दालाई सर्वोच्चले दश गते हेर्दै

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

870 Views

कमल साह
जनकपुरधाम, फागुन ९ गते । धनुषा जिल्लासंगै जोडीएको महोत्तरी का भंगाह नगरपालिकाका नगर प्रमुख संजीव कुमार साह ले सर्वोच्च अदालतमा दिएको रिट माथि भोली मंगलबार मुद्दा हेर्ने भएको छ ।
यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएपछि उनले त्यसविरुद्ध निवेदन दिएका थिए । सर्वोच्च अदालतले माघ २६ गते दरपीठ गरेको थियो ।
सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ समेतका रिट आधारमा दर्ता गर्न मिलेन,’ रजिष्ट्रार नारायणप्रसाद पन्थीले निवेदन दरपीठ हुनुको कारण खुलाउँदै लेखेका छन्, ‘स्थानीय तह निर्वाचन ऐन, २०७३ दफा ४(४) मा उपदफा २ बमोजिम अलग अलग मितिमा सम्पन्न भएको निर्वाचन उपदफा ९१० बमोजिम तोकिएको मितिमा सम्पन्न भएको मानिने छ भन्ने प्रावधान रहेको छ ।’
सो दरपीठविरुद्धको रिटको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले बुधबार रिट दर्ता गर्न आदेश दिएको हो । आदेशपछि साहको रिट फागुन ७ गते सबोच्चमा दर्ता भएको थियो । सो रिटमाथि भोली १० गतेलाई पेशी तोकिएको छ ।
मेयर साहको रिटमा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ । निर्वाचन आयोगले स्थानिय निर्वाचन घोषणासँगै मेयर साह ले आफ्नो कार्यकाल पूरा नहुने देखेर निर्वाचन रोक्न माग भने गरेका छैनन्।
उहाँले ५ वर्ष पूरा काम गर्न पाउनुपर्ने मांग गर्नुभएको छ । मधेश प्रदेशमा २०६४ असोज २ गते निर्वाचन भएको थियो । तर, यस पटक देशभर वैशाख ३० गते निर्वाचन गर्ने घोषणा भएसँगै कार्यकाल छोट्टिने भएपछि साहले रिट दायर गरेका हुन्।
निर्वाचित भएको ५ वर्ष २०७९ असोज ६ गते मात्रै पुग्ने भएकाले त्यतिबेलासम्म काम गर्न पाउनु पर्ने उनको मांग छ। स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ र दफा ५५ को व्यवस्थाले संविधानले ग्यारेन्टी गरेको ५ वर्षको कार्यकाल कटौती गर्ने व्यवस्था रहेको र सोही व्यवस्था अनुसार कार्यकाल पूरा नहुँदै हटाउने संभावना रहेको उनको रिटमा उल्लेख छ ।
नगर प्रमुखको रुपमा आफूले ५ वर्ष काम गर्न पाउनु पर्ने भएपनि विपक्षीहरुले बाधा अवरोध पु¥याउन सक्ने भएकाले पूरै कार्यकाल काम गर्न कसैबाट अवरोध गर्न नपाउने गरी प्रतिषेध परमादेश लगायतका उपर्युक्त आदेश जारी गर्न माग गरिएको छ । संविधानसँग स्थानीय तह निर्वाचन ऐन बाझिएकोले उक्त ऐन स्वतः अमान्य भएको उहाँ जिकिर गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

18 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

29 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले