एमसीसी राष्ट्रघाती रहेको भन्दै बिरोधगर्दै नेकपा एकिकृत समाजवादी सर्लाही जिल्ला कमिटी
सन्जु कर्ण, सर्लाही,
सर्लाही, फाल्गुन १२ गते । नेकपा एकिकृत समाजवादी सर्लाही जिल्ला कमिटीको विस्तारित वैठकले अमेरिकन सहयोग परियोजना एमसीसी राष्टूघाती रहेको भन्दै बिरोध गरेको छ । मंगलबार लालवन्दीमा भएको बैठकले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न नहुने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख चूडामणि वाग्लेले जानकारी दिनुभयो ।
बैठकलाई सम्बोधन गर्दै पार्टी स्थायी कमिटी सदस्य तथा मधेश प्रदेशका मन्त्री सत्रुघन महतोले एमसीसी सम्झौताको विपक्षमा आफ्नो पार्टी रहेको प्रष्ट पार्नु भयो । उहाले एमाले अध्यक्ष केपि ओलीलाई लक्ष्य गर्दै एमसीसी जस्तो देश बिरोधी सम्झौतालाई गलत भन्ने शाहस सम्म नभएको नेतालाई सबैले चिनेको आरोप लगाउनु भयो ।
बैठकमा पार्टी नेताहरु लक्ष्मण पौडेल, रबिन्द्र बैठा, बेची लुङेली, देबेन्द्र राय, अन्जु पौडेल, गोबिन्द अधिकारी लगाएतले मन्तव्य राख्नु भएको थियो ।
बैठकले आगामी स्थानीय निर्वाचनको तयारी, संगठन विस्तार, सदस्यता प्रदान, पालीकाको अवस्था अध्ययन लगायतका निर्णय गरेको प्रचार प्रमुख वाग्लेले बताउनु भयो ।
बैठकले पार्टी नीतिवारे थप प्रष्ट पारेको र अब सर्लाही जिल्लाभर नेकपा एकीकृत समाजबादीको अभियान तिब्र हुने प्रचार विभाग प्रमुख वाग्लेको दावी छ ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
2 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
22 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
