नेपाली कांग्रेस बिन्दवासनीको सभापतिमा चौरसिया निर्विरोध निर्वाचित
रंजित चौरसिया,
वीरगंज १३ फागुन । नेपाली कांग्रेस बिन्दवासनी गाउँपालिकाको सभापतिमा बिवेक कुमार चौरसिया निर्विरोध निर्वाचित भएका छन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न गाउँपालिका अधिवेशनबाट सभापतिमा चौरसिया निर्विरोध निर्वाचित भएका हुन् ।
गाउँपालिका समितिको उपसभापतिमा राजेश्वर प्रसाद चौरसिया, राजेश तिवारी, सचिवमा संतोष कुमार चौरसिया, मुकेश प्रसाद साह कानु, सह सचिवमा जितेन्द्र कुमार, श्रीलाल प्रसाद कुर्मी निर्वाचित भएका छन् ।
यस्तै, समितिको सदस्यमा पन्ना देवी चमईन, नागेश्वर साह तेली, चोकट मुखिया बिन, सोना देवी कानु, मनोज राउत कुर्मी, सुनिल प्रसाद चौहान, देवनारायण साह कानु, प्रेम कुमार चौरसिया, दिनेश साह कानु, कोशिला देवी,अवधकिशोर प्रसाद बरै र रामराज बरै निर्विरोध निर्वाचित भएको मतदान अधिकृत मनोज कुमार यादवले जानकारी दिए ।
समाजिक क्षेत्रमा लामो समयसम्म काम गरेका चौरसिया आफ्नो मूल्यांकलन गरेर गाउ“पालिका सभापतिको जिम्मेवारी दिएकोमा सम्पूर्ण पार्टी पंक्तिलाई धन्यावाद तथा अभार समेत चौरसियाले प्रकट गरेका छन । उहाले गाउपालिका सभापतिमा निर्वाचित भएपछि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा पार्टीलाई बिजयी गराउने प्रतिबद्धता समेत व्यक्त गरे । वडादेखी पालिका अध्यक्ष सम्मको सम्पूर्ण पदमा पार्टीको उम्मेदवारलाई विजयी गराउने, उनले वताए ।
गाउँपालिका पार्टी कार्यालय बहुअर्वाभाठामा भएको अधिवेशनमा सभापतिमा निर्वाचित अध्यक्ष चौरसिया सहित गाउँपालिका समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई महाधिवेशन प्रतिनिधि अशोक कुमार गुप्ता, उमेश चौरसिया, पर्सा क्षेत्र नं.३(ख) सभापति अनोज कुमार चौरसिया, गाउँपालिका उपमेयर किरण गुप्ता स्थानिय नेता उपनेश चौरसिया,छठुलाल चौरसिया वडा सभापतिहरु सतेन्द्र ओझा, प्रभु चौहान, जय प्रकाश चौरसिया, रामविलास चौरसिया, सुकदेव यादव लागयतकाले फुल माला र अविरको टिका लगायर बधाई तथा शुभकामना दिएका थिए ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
2 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
22 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
