अबैध कारोबारमा संलग्न गुप्ता र देवी दुई देशको नागरिक रहेको प्रमाण फेला
रश्मि पटेल, रौतहट
रौतहट, फाल्गुन २७ गते । एउटै व्यक्ति दुई देशको नागरिक सुन्दा आश्चर्य लाग्न सक्छ तर यो सत्य घटना हो । भारत बिहार राज्य थाना पताही ग्राम पञ्चायत जिहुली डाकघर जिहुली प्रखण्ड पताही अञ्चल पताही अनुमन्डल पकडी दयाल गाउँ जिल्ला पुर्वी चम्पारण बस्ने सुनिल गुप्ताले गलत विवरणको आधारणमा नेपाली नागरिकता लिन सफल भएको घटना सार्वजनिक भएको छ ।
राम आशिष साहको नाति राजाराम साहको छोरा सुनिल गुप्ताले नेपाल भारतमा विभिन्न किसिमका अवैध सामग्रीहरुको तस्करी समेत गर्दै आईरहेको समाचार स्रोतको दावी रहेको छ ।
गुप्ताले भारतमा जग्गा जमिन, औषधि पसल तथा व्यपार व्यवसाय गर्ने गरेको भए पनि भारतीय अबैध रकमलाई नेपालमा वैध बनाउने तथा नेपालमा देखावटी रुपमा चकलेट फैक्ट्रि सञ्चालन गरी अबैध कारोबार बाट कमाएको नेपाली रुपैयालाई भारतमा लगी वैध बनाउनकै लागि लाखौं लाख रुपैया सरोकारवालालाई बुझाई दुबै देशको नागरिकता लिन सफल भएको जनाईएको छ ।
गुप्ताले आफ्नो भारतीय पहिचान लुकाई वीरगंज महानगरपालिका वडा नं. ७ रामटोल घर देखाई नाम वतन ढाटी झुठा विवरण पेश गरी नेपाली नागरिकता लिएपछि उनी माथि जिल्ला प्रशासन कार्यालय पर्सामा छानबिन गरी कारवाहीकोको लागि उजुरी समेत परेको छ । गुप्ताले प्राप्त गरेको नेपाली ना.प्र.नं. ३४३०२२÷४४० रहेको छ ।
गुप्ताले नेपालको रौतहट जिल्ला गरुडा नगरपालिका वडा नं. ५ शिवनगर स्थित रंजना देवी सँग विवाह गरी पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंजबाट नक्कली आमा बुवा खडा गरी नेपाली नागरिकता लिन सफल भएका हुन् ।
अबैध कारोबारमा संलग्न गुप्ताको स्थायी घर भारत बिहार राज्यको पूर्वी चम्पारन जिल्ला जिहुली वडा नं. ५ बाट आधार कार्ड, रासन कार्ड तथा मतदाता क्रम संख्या ८२६ र उनका श्रीमति रंजना देवीको ८१७ रहेको जिल्ला प्रशासन कार्यालय पर्सामा छानबिनको लागि दिईएको उजुरीमा उल्लेख रहेको उजुरीकर्ता नरेश कुरमा गुप्ताले बताए । श्रीमति रंजना देवीले भारतीय आधार कार्ड, रासन कार्ड लगायतका प्रमाणपत्रहरु प्राप्त गरी भारत सरकारबाट पाउने सम्पूर्ण सेवा सुविधाहरु लिईरहे पनि उनले जिल्ला प्रशासन कार्यालय रौतहटबाट रंजना कुमारी गुप्ता नामबाट नेपाली अविवाहित नागरिकता प्र.नं.२११२ लिई नेपाल सरकारबाट पाउने सम्पूर्ण सेवा सुविधा पनि लिईरहेको समाचार स्रोतले जनाएको छ ।
एउटै व्यक्ति दुई देशको नागरिक भई सेवा सुविधा लिनु कानुनी अपराध रहेकोले गुप्ता र देवी दुबैको नेपाली नगारिकता खारेज गरी कानुन बमोजिम कडा कारवाही गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परे पनि हाल सम्म कुनै कारवाही हुन सकेको छैन् । नागरिकता सम्बन्धमा परेको उजुरी माथि जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई बोलाई व्यान समेत लिएको स्रोतको दाबी रहेको छ । सो सम्बन्धमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल सँग बुझदा यस्ता उजुरी कति छ , हेरौ , जस्तो प्रतिक्रिया दिनु भएको हो।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
2 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
22 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
