+977 9854027065 | akulpdsah@gmail.com

हरिवनमा नेकपा एकीकृत समाजवादीले होलि शुभकामना कार्यक्रम एवं नगर कमिटीको शपथग्रहण कार्यक्रम सम्पन्न

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1171 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, चैत्र १ गते । सर्लाहीको हरिवनमा आज (मंगलवार) नेकपा एकीकृत समाजवादीले होलि शुभकामना कार्यक्रम एवं नगर कमिटीको शपथग्रहण तथा वैठक सम्पन्न गरेको छ ।
नगर कमिटीका पदाधिकारी केही समय पहिले नै चयन भए पनि कमिटीले आज (मंगलवार) पुर्णता पाएको हो । हरिवन नगरपालिका वार्ड नम्वर ४ को गेलामा ७१ सदस्यीय नगर कमिटीलाई शपथग्रहण गराईएको थियो ।
नगर अध्यक्ष चूडामणि वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी पोलिट्व्युरो सदस्य लक्ष्मण पौडेलले शपथग्रहण तथा प्रमाण पत्र प्रदान गर्नु भएको पार्टीले जनाएको छ ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य डिल्ली प्रसाद उप्रेती एवं वेची लुंगेली, जिल्ला अध्यक्ष सुरेन्द्र लामा, संविधान सभा सदस्य प्रकाश पाख्रीन, पार्टी नेता उत्तरकुमार मैनाली, कर्ण वहादुर लुंगेली, सरिता पाख्रीन, गिता घिसिड. लगायतले होली पर्वको शुभ कामना दिनुभएको थियो ।
नगर अध्यक्ष चूडामणि वाग्लेका अनुसार नगर कमिटीको वैठकले अव वडा कमिटीहरुलाई पुर्णता दिने, वार्ड वार्डमा पार्टी कार्यालय खोल्ने, कलम छापको प्रचारको लागि विशेष योजना वनाएर गाउ गाउ पुग्ने निर्णय गरेको छ ।
होली पर्वलाई उच्छृखल वन्न दिनु नहुने सन्देश दिदै सामुहिक रुपमा होली खेलेर कार्यक्रम सम्पन्न गरिएको पार्टीका युवा नेता भरत कुमार कार्कीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नेपालको विकासमा छिमेकी राष्ट्रहरूको महत्वपूर्ण योगदान ..

कमल साह,जेठ २२ गते ।    जनकपुरधाम । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको विकासमा हाम्रा दुई छ..

11 दिन पहिले

हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु

मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख २० गते । हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु रहेको छ । महालेखापर..

1 महीना पहिले

खुलेआम अवैध रूपमा नदीजन्य सामग्री उत्खनन सम्बन्धीत निक..

धिरेश दत्तजनकपुरधाम, बैशाख १८ गते । धनुषाको मिथिला नगरपालिका–५ स्थित औरहीबाबा सामुदायिक वन क्षेत्रबाट दिउँसो..

2 महीना पहिले

पुर्ब राजा ज्ञानेन्द्रलाई काशिको पुजारी बन्न सुझाए – मन..

रश्मि पटेल, रौतहटरौतहट, चैत्र १९ गते । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एब्म पुर्ब मन्त्री योगेन्द्र यादवल..

2 महीना पहिले

पत्रकार रजकको हत्या विरोधमा रैली

कमल साहजनकपुरधाम ,चैत्र १६ गते । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको शु..

3 महीना पहिले