नेकपा एकीकृत समाजबादी सर्लाही जिल्ला कमिटीले गठबन्धन गर्ने बार्ता कमिटी गठन गरेको
सन्जु कर्ण, सर्लाही,
सर्लाही, चैत्र ६ गते । नेकपा एकीकृत समाजबादी सर्लाही जिल्ला कमिटीले आसन्न स्थानीय तहको निर्बाचनमा गठबन्धन गर्ने बिषयमा आधिकारिक कुरा गर्न बार्ता कमिटी गठन गरेको छ । आज (आईतवार ) हरिपुरमा भएको बिस्तारित पदाधिकारी बैठकले बार्ता कमिटी बनाएको हो । जिल्ला अध्यक्ष सुरेन्द्र लामा संयोजक रहेको बार्ता कमिटीमा देबेन्द्र राय, अन्जु पौडेल र गोबिन्द अधिकारी सदस्य रहनु भएको जिल्ला प्रचार बिभाग प्रमुख चूडामणि वाग्लेले जानकारी दिनुभयो ।
स्थायी कमिटी सदस्य रामचन्द्र झाले बैठकमा निर्बाचन केन्द्रित भएर काममा लाग्न कार्यकर्तालाई निर्देशन दिनु भएको थियो । उहाले केपि ओली कम्युनिस्ट आदर्शबाट नै बाहिर गएकाले नेकपा एमालेको अलमलमा नपर्न आव्हान गर्नुभयो ।
प्रचार प्रमुख वाग्लेका अनुसार बैठकले चैत १५ गते भित्र संगठन निर्माणको काम सक्ने, गठबन्धनमा रहेको पार्टी सग बार्ता भए पनि आबश्यक परे एक्लै उम्मेदवार दिएर जित्ने गरी निर्बाचनमा जुट्ने, पार्टी प्रचार बिभागलाई पूर्णता दिने, चुनाबसम्म पूर्ण समय पार्टीलाई प्रदान गर्ने लगायतका निर्णय गरेको छ ।
जिल्ला अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षतामा भएको बैठकमा पार्टी नेताहरु लक्ष्मण पौडेल , रबिन्द्र बैठा, डिल्ली उप्रेती, बेची लुङेली, जमरुद्दिन मन्सुर, हरि सहनी, आरती लामा, गोबिन्द अधिकारी लगायतले मन्तब्य राख्नु भएको थियो ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
2 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
22 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
