नेकपा एकीकृत समाजबादी सर्लाही जिल्ला कमिटीले गठबन्धन गर्ने बार्ता कमिटी गठन गरेको
.jpg)
सन्जु कर्ण, सर्लाही,
सर्लाही, चैत्र ६ गते । नेकपा एकीकृत समाजबादी सर्लाही जिल्ला कमिटीले आसन्न स्थानीय तहको निर्बाचनमा गठबन्धन गर्ने बिषयमा आधिकारिक कुरा गर्न बार्ता कमिटी गठन गरेको छ । आज (आईतवार ) हरिपुरमा भएको बिस्तारित पदाधिकारी बैठकले बार्ता कमिटी बनाएको हो । जिल्ला अध्यक्ष सुरेन्द्र लामा संयोजक रहेको बार्ता कमिटीमा देबेन्द्र राय, अन्जु पौडेल र गोबिन्द अधिकारी सदस्य रहनु भएको जिल्ला प्रचार बिभाग प्रमुख चूडामणि वाग्लेले जानकारी दिनुभयो ।
स्थायी कमिटी सदस्य रामचन्द्र झाले बैठकमा निर्बाचन केन्द्रित भएर काममा लाग्न कार्यकर्तालाई निर्देशन दिनु भएको थियो । उहाले केपि ओली कम्युनिस्ट आदर्शबाट नै बाहिर गएकाले नेकपा एमालेको अलमलमा नपर्न आव्हान गर्नुभयो ।
प्रचार प्रमुख वाग्लेका अनुसार बैठकले चैत १५ गते भित्र संगठन निर्माणको काम सक्ने, गठबन्धनमा रहेको पार्टी सग बार्ता भए पनि आबश्यक परे एक्लै उम्मेदवार दिएर जित्ने गरी निर्बाचनमा जुट्ने, पार्टी प्रचार बिभागलाई पूर्णता दिने, चुनाबसम्म पूर्ण समय पार्टीलाई प्रदान गर्ने लगायतका निर्णय गरेको छ ।
जिल्ला अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षतामा भएको बैठकमा पार्टी नेताहरु लक्ष्मण पौडेल , रबिन्द्र बैठा, डिल्ली उप्रेती, बेची लुङेली, जमरुद्दिन मन्सुर, हरि सहनी, आरती लामा, गोबिन्द अधिकारी लगायतले मन्तब्य राख्नु भएको थियो ।
कमेन्ट गर्नुहोस्

नेपालको विकासमा छिमेकी राष्ट्रहरूको महत्वपूर्ण योगदान ..
कमल साह,जेठ २२ गते । जनकपुरधाम । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको विकासमा हाम्रा दुई छ..
12 दिन पहिले
हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु
मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख २० गते । हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु रहेको छ । महालेखापर..
1 महीना पहिले
खुलेआम अवैध रूपमा नदीजन्य सामग्री उत्खनन सम्बन्धीत निक..
धिरेश दत्तजनकपुरधाम, बैशाख १८ गते । धनुषाको मिथिला नगरपालिका–५ स्थित औरहीबाबा सामुदायिक वन क्षेत्रबाट दिउँसो..
2 महीना पहिले
पुर्ब राजा ज्ञानेन्द्रलाई काशिको पुजारी बन्न सुझाए – मन..
रश्मि पटेल, रौतहटरौतहट, चैत्र १९ गते । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एब्म पुर्ब मन्त्री योगेन्द्र यादवल..
2 महीना पहिले
पत्रकार रजकको हत्या विरोधमा रैली
कमल साहजनकपुरधाम ,चैत्र १६ गते । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको शु..
3 महीना पहिले
संवाददाता
संवाददाता

