नेपाल अपांग संघद्वारा सिलाई तथा कम्प्युटर तालिम
कमल साह
जनकपुरधाम,चैत्र १२ गते । नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र धनुषा ले आजबाट तीन महिने सिलाई कटाई तथा कम्प्युटर तालिम आरम्भ गरेको छ ।
जनकपुरधाम उप–महानगरपालिका क्षेत्रमा अपांगता रहेको लागि सो तीन महिने तालिम आजबाट आरम्भ भएको छ । जनकपुरधाम उप–महानगरपालिका प्रमुख लालकिशोर साह ले एक समारोह बीच सो तालिमको उद्घाटन गर्नुभएको हो ।
तालिम प्राप्त गर्ने अपांगहरुको जीवन सपांग सरह बनाउनमा सफलता प्राप्त होस् भनि उहाँले कामना गर्नुभयो ।
नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र जनकपुरधाम शाखाका सभापति नन्दकिशोर महासेठ को सभापतित्वमा आरम्भ भएको उद्घाटन सत्रमा स्वागत मन्तव्य उपसचिव राधेश्याम साह ले राख्नुभयो । मानव अधिकार राष्ट्रिय आयोगका मनमाया राणा मगर लगायतका व्यक्तिहरुले उक्त कार्यक्रमको सफलता कामना गर्नुभयो ।
अपांग संघका सचिव आशाराम साह ले उद्घोषण गर्नुभएको उद्घाटन सत्रमा सभापति नन्दकिशोर महासेठ ले तालिममा सहभागि रहनु भएकाहरुको बारेमा जानकारी गराउनु भयो । उहाँले सिलाई कटाई र कम्प्युटर तालिम तीन–तीन महिने हुने जनाउनु भयो । सिलाई कटाई तालिममा महिला पुरुषगरी १० जना र कम्प्युटर तालिममा छ जना सहभागि हुने उहाँले बताउनु भयो ।
उक्त तालिम जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा संचालन भएको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
18 दिन पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
29 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
1 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
1 महीना पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
संवाददाता
