जनकपुरधाम उप–महानगरपालिकाका मेयर पदमा पुनः मेयर लालकिशोर साह ले उम्मेदवारी दिने पाका
राजेश साह
जनकपुरधाम, चैत्र १५ गते । जनकपुरधाम उप–महानगरपालिकाका मेयर पदमा पुनः मेयर लालकिशोर साह ले उम्मेदवारी दिने पाका देखिएको छ । गत स्थानिय निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) बाट मेयर पदमा उम्मेदवारी लालकिशोर साह दिनु भएको थियो । उहाँले सो निर्वाचनमा आफ्नो प्रतिद्वन्दीबाट झण्डै ५ हजार मत बढी ल्याएर निर्वाचित भएको इतिहास गवाह रहेको छ ।
स्थानिय निर्वाचन पछि उपेन्द्र यादवको पार्टी संघीय समाजवादी फोरम र महंथ ठाकुर, राजेन्द्र महतो लगायतका राजपा बीच एकिकरण भएको थियो । एकिकरण पछि सो पार्टीको नामाकरण जसपा भएको थियो ।
मधेशी जनताको म्याण्डेड अनुसार एकिकरण भएको जसपामा राजमद बढेकै कारण पुनः दुई दुक्रा भएको छ । अचेल जसपा उपेन्द्र यादव को रहन गएछ भने महंथ ठाकुर, राजेन्द्र महतो लगायतका दलको पार्टी लोसपा भएको छ ।
एमाले को अध्यक्ष केपी शर्मा ओली ले आफ्नो प्रधान मंत्रीत्व कार्यकालमा राजेन्द्र महतो लाई मंत्रिमण्डमा ईन र उपेन्द्र यादवलाई आउट गरिदा नै पार्टी विभाजन भएको थियो । त्यसमा जनकपुरधाम उप–महानगरपालिका का मेयर लालकिशोर साह जसपा जानु भएको हो ।
२०७४ सालमा सम्पन्न स्थानिय निर्वाचनमा जनकपुरधाम उप–महानगरपालिकामा मेयर पदकका लागि उम्मेदवारी दिनुभएकाहरु मध्ये अचेल तीन जना जनता समाजवादी पार्टी (जसपा)मा हुनुहुन्छ । तत्कालिन नयाँ शक्ति पार्टीबाट उमेश साह, तत्कालिन संघीय समाजवादी फोरमबाट विष्णुदेव साह र राजपाबाट लालकिशोर साह ले उम्मेदवारी दिनु भएको थियो । त्यो बेला लालकिशोर साह ले झण्डै ५ हजार बढी मत ल्याएर मेयर पदमा निर्वाचित हुनुभएको थियो ।
जो जसपाका लागि गौरव हो ।
यत्ता, २०७४ सालमा उम्मेदवार रहनु भएको उमेश साह र विष्णुदेव साह भन्दा अवल दर्जामा रहेको हुनाले अगामी ३० वैशाखमा हुन गईरहेको निर्वाचनका लागि पुनः लालकिशोर साह ले मेयर पदका लागि टिकट पाउने पाका ठहरिदैछन ।
कमेन्ट गर्नुहोस्
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
18 दिन पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
29 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
1 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
1 महीना पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
संवाददाता
