+977 9854027065 | akulpdsah@gmail.com

जनकपुरधामका मेयरमा नेपाली काँग्रेसबाट मनोजको उम्मेदवारी निर्विकल्प

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1637 Views

कमल साह
जनकपुरधाम,चैत्र २४ गते । जनकपुरधाम उप–महानगरपालिकामा नेपाली काँग्रेसका नगर सभापति मनोज साह ले टिकट पाउने निर्विकल्प देखिएको छ ।
स्थानिय निर्वाचनको तिथी मिति जसरी जसरी नजिकिदै छ, त्यसैगरी निर्वाचन सर्गर्मी गाउँदेखि जिल्लाका सदरमुकामसम्म बढदै छ । पालिकाहरुमा यस वर्ष कुन पार्टीका कुन उम्मेदवार बाजि मार्ला भनेर गाउँदेखि शहरसम्मको चिया पसलहुँदै चोकचौराहहरुसम्म लख काट्नेहरुको घुईंचो सघनरुपम भईरहेको छ ।
निर्वाचन आयोगको सिफारिशमा नेपाल सरकारले २०७९ साल वैशाख ३० गते एकैचरणमा स्थानिय निर्वाचन गर्ने घोषणा गरेको हो ।
टाउकोमा रहेको स्थानिय निर्वाचनमा आफ्ना सफल उम्मेदवार चयन गरेर पाठाउने कसरत हरेक पार्टी गर्न थालिसकेका छन । त्यसबाट नेपाली काँग्रेस धनुषा पछाडी रहेको देखिदैनन् । अचेल धनुषा जिल्लाका हरेक वडामा नेपाली काँग्रेसको भेला जारी रहेको छ ।
तर, धनुषा जिल्लाको सदरमुकाम मात्र होईन कि मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा माथि सबै कार्यकर्ताको आँखा गाडिएको छ । तर, जनकपुरधाम उपमहानगरपालिकामा नेपाली काँग्रेसको एक मात्र आधिकारिक उम्मेदवार मनोज साह निर्विकल्प रहेको देखिन्छ ।
हुनतः जनकपुरधाम उपमहानगरपालिकामा यसवर्ष नेपाली काँग्रेसबाट पूर्व मेयर बजरंग प्रसाद साह ले टिकट पाउने हो कि भनेर चर्चा भईरहेको छ ।
धनुषा काँग्रेसमा उहिल्येदेखि दुईवटा धार रहँदै आएको हो । एउटा काईराला पक्ष र अर्को निधी पक्ष । सायद त्यसैले कोइराला पक्षबाट बजरंग प्रसाद साह को नाम आईरहेको हुनसक्छ । तर, जनकपुरधाम उपमहानगरपालिकाका वडाहरुमा हुँदै आएको बैठकबाट मनोज, मनोज नाम को चर्चा पाईरहेको छ ।
गत स्थानिय निर्वाचनमा मेयर पदमा पराजित भईसेको वेलादेखि नै काँग्रेसको संगठन बनाउनमा उनि आफ्नो समय खर्चिदै आएको ले नेपाली काँग्रेसको निर्विकल्प उम्मेदवार बन्न गएको देखिन्छ ।
नेपाली काँग्रेसले गाउँ, नगर,वडा वडामा गई पहिलो चरणको कार्यकर्ता भेलागरी चुनावी रणनीति बनाउँदै मतदान सम्बन्धि कार्यकर्ताहरुलाई बुझाउँदै हिडेका छन ।
केहिदिन अघि नेपाल महिला संघ जउमनपा वडा ७ का सभापति फुलकुमारी साहको सभापतित्वमा आयोजित भेलाका प्रमुख आतिथ्य नगर सभापति मनोज कुमार साह ले नै गर्नुभएको थियो ।
त्यस भेलालाई निलम कर्ण लगायतका वक्ताहरूले मतदान, वडाका समस्य र समाधानको बारेमा धारणा राखेको थियो । सो भेलाले यसपालि पुनः जनताका माझमा चिरपरित रहेका युवा नेता मनोज कुमार साह लाई नै काँग्रेसले जनकपुरधाम उप–महानगरपालिकाका मेयर पदका टिकट दिनुपर्ने माँग गरेका थिए ।
त्यस्तै जनकपुरधाम वार्ड १५ मा आयोजित वडा स्तरीय भेला पनि सम्पन्न भएको छ । सो भेलामा नेपाली काँग्रेस धनुषा कार्यसमितिको उपसभापति पदमा निर्वाचित हुनुभएको गणेश झा लाई सम्मान गरियो ।
उक्त कार्यक्रमको प्रमुख आतिथ्य गणेश झा ले नै गर्नुभएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

20 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

23 दिन पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

1 महीना पहिले

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

3 महीना पहिले

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

3 महीना पहिले