+977 9854027065 | akulpdsah@gmail.com

पोखरामा नववर्ष विशेष विश्व हिन्दू परिषदको मोटरसाइकल र्याली

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1248 Views

पोखरामा नववर्ष विशेष विश्व हिन्दू परिषदको मोटरसाइकल र्याली

राजाराम दास,
पोखरा, बैशाख ३ गते । नेपाली नववर्ष २०७९ को स्वागत विशेष विश्व हिन्दू परिषद नेपालले पोखरामा मोटरसाइकल ¥याली कार्यक्रम गरेको छ । परिषदको आयोजनामा बिहीवार बिहान ९ बजे ५० भन्दा बढी व्यक्ति मोटर साइकल सहित सहभागी भएका थिए ।
परिषदका राष्ट्रिय महासचिव जितेन्द्र सिंहले कार्यक्रममा शुभकामना व्यक्त गर्दै इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वंसिद्ध हिन्दू राष्ट्र रहेको बताएका छन् । उनले हाम्रो नववर्षलाई गौरवका साथ मनाउँनु पर्नेमा जोड दिए ।
शुभकामना मन्तव्य राख्दै हाम्रो नववर्ष प्रकृति सम्मत रहेको र बिक्रम सम्बत पात्रो अनुसार भगवान् सूर्य १२ वटा राशीमा एक–एक महिना रहने, उक्त चक्र चैत्र महिनामा पूरा भई बैशाख १ गते पुनः मेष राशीमा प्रवेश गरेर नयाँ वर्ष प्रारम्भ हुने हिन्दू स्वयंसेवक संघका गण्डकी सम्भाग संघचालक ऋषिराम सापकोटाले बताएका छन् ।
कार्यक्रम केदारेश्वर महादेव मन्दिरको प्राङ्गण लेकसाइडबाट प्रारम्भ भई हल्लन चोक, जिरो कि.मि., विन्द्यवासिनी, सिम्पानी, बगर , महेन्द्रपुल, न्यूरोड , सिर्जनाचोक, राष्ट्र बैंकचोक, मुस्ताङ चोक, विरौटा हुँदै पुनः केदारेश्वरमा आएर सम्पन्न भएको थियो ।
परिषद्का कास्की जिल्ला अध्यक्ष राजु बरालको संयोजकत्वमा भएको कार्यक्रम सञ्चालन रविन पौडेलले गरेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

2 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

22 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले