लोसपाले दुई मेयर र दुई अध्यक्ष पदका उम्मेदवारको नाम सिफारिश गरियो
कमल साह,
जनकपुरधाम, वैशाख ७ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले धनुषा र महोत्तरी जिल्लागरी चार ठाउँका उम्मेदवारको नाम सिफारिश गरेको छ ।
लोसपाबाट उम्मेदवारको नाम सिफारिश हुनेमा दुई वटा गाउँपालिका,एक वटा नगरपालिका र एक वटा उप–महानगरपालिका रहेछ । तर, उपमहानगरपालिकाबाट एक–एक जनाको नाम होईन पाँच पाँच जनाको नाम सिफारिश गरेको छ ।
लोसपाको बैठकबाट धनौजी गाँपालिकाको अध्यक्षमा जिवेन्द्र झा लाई अध्यक्ष पदको लागि उम्मेदबारमा सिफारिश गरेको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनौजी गाउँपालिकाको पालिका स्तरीय भएको विस्तारीत बैठकबाट सर्वसहमतीले पार्टीका जिल्ला सचिव जिवेन्द्र झा लाई गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारमा सिफारिस गरेको छ ।
गत स्थानिय निर्वाचनमा जिवेन्द्र झा तत्कालिन राजपबाट निर्वाचन लडेका थिए । उक्त निर्वाचनमा झिनो मतले झा पराजित भएका थिए ।
त्यस्तै लोसपाले धनुषाकै औरही गाउँपालिकाको पालिका स्तरीय भएको विस्तारीत बैठकबाट जिल्ला उपाध्यक्ष प्रमोद यादवलाई अध्यक्ष पदको उम्मेदबार बनाउन सिफारिस गरेका छ । यादव जिल्लाकै प्रभावशाली नेता मानिन्छन् ।
उसैगरी लोसपा महोत्तरी जिल्ला अन्तगर्तको भंगहा नगरपालिको नगर स्तरीय बैठकबाट भंगहा नगरपालिकाको मेयर पदमा पुनः सन्जिब साह नाम सर्वसम्मतिबाट सिफारिस गरिएको छ ।
त्यसैगरी लोसपा नेपाल ले जनकपुरधाम उप–महानगरपालिकाको मेयर तथा उपमेयर पदमा पाँचपाँचजनाको नाम सिफारिस गरेको छ ।
जनकपुरधाम उमनपा नगर समितिका अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा आईतवार बसेको बैठकबाट सो निर्णय गरिएको छ ।
उक्त बैठकबाट मेयर पदका लागि परमेश्वर साह, मनोज चौधरी, संजय कुमार चौधरी, अमर पंजियार र जानकी राम साह को नाम सिफारिस गरिएका छन् ।
उसैगरी उपमेयर पदका लागि पाँच जनाको नाम सिफारिश भएको छ । जिल्ला कार्य समिति धनुषाले सिफारिस गरेको नामहरुमा विभा ठाकुर, विभा पाण्डे, रिता कुमारी मिश्र, पुनम झा मैथिल र पुनम साह रहेको नगर अध्यक्ष मनोज चौधरीले जानाएका छन् ।
धनुषा जिल्ला अध्यक्ष समेत रहनु भएका प्रदेश सभासद परमेश्वर साहले मेयर तथा उपमेयर पदमा धेरै जनाको नाममध्ये पाँचजना मेयर र पाँचजना उपमेयरको नाम सिफारिस गरिएको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
19 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
23 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
