गौशाला १२ को वडा अध्यक्षमा ललित सिंहको स्वतन्त्र उम्मेदवारी
सुनिता महतो,
गौशाला, बैशाख १० गते । अगामी वैशाख ३० गते हुने स्थानियतहको निर्वाचनमा वडाको चौतर्फी विकासको निम्ति गौशाला नगरपालिका वडा नं. १२ का ललित कुमार सिंहले स्वतन्त्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिवार गौशाला १२ कान्तिवजारमा आयोजित माओबादी पार्टीका असन्तुष्ट कार्यकर्ताहरुको भेलाले सिंहलाई स्वतन्त्र उम्मेदवारीको रुपमा अगाडि बर्ढापछि सिंहले उम्मेदवारीको घोषणा गरेका हुन ।
दल होइन् व्यक्ति खोजौ, पार्टी होइन् स्वतन्त्र रोजौ नाराका साथ आफुले स्वतन्त्र रुपमा उम्मेदवारीको घोषणा गरेका सिंहले रेडियो रुपान्तरणसँग कुराकानीको क्रममा बताएका छन् । उनले भने, ‘राजनीतिमा एकै व्यक्ति, एउटै परिवारको सिण्डिकेटका कारण नयाँ अनुहार अवसरबाट बञ्चित हुने भएको कारण स्वतन्त्र उम्मेदवारीको घोषणा गरेको छु । नेपाली काग्रेस, माओवादी केन्द्र र अन्य दलका कार्याकर्ताले आफुलाई साझा उम्मेदवारको रुपमा समर्थन गरेको छ ।’
वडा अध्यक्षमा जननिर्वाचित भएपछि आफुले स्वास्थ्य, शिक्षा, सडक, सिचाइ, सुशासन, स्वरोजगारको अवसर, समाजिक सुरक्षा भता सहज रुपमा उपलब्ध गराउन आंगन आंगनमा वडाको सेवाको आवधारणा लागु गर्ने सिंहले बताए । समान्य विरामी हुँदा समेत उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटाउन लागि वडामा इर्मेजेन्सी सेवा, वडाका ३ वटै विद्यालयमा अवासिय र अंग्रेजी माध्यमबाट पढाइ गराउने उनले घोषणा गरेका हुन् ।
माओवादीको अधारशिला मानिएको कान्तिबार आसपासका कार्यकर्ताहरुले नेतृत्व प्रति असन्तुष्टि जनाएर पार्टीबाट बिद्रोह गरेका छन । नेतृत्वको क्रियाकलापबाट असन्तुष्ट कार्यकर्ताहरुको समर्थनमा सिंहले उम्मेदवारी घोषणा गरेको हो । सिंहलाई माओवादी केन्द्रका नगर कमिटि सदस्य र वडा कमिटि सदस्यहरुले समेत आफुलाई समर्थन गरेको सिंहले बताए ।
कमेन्ट गर्नुहोस्
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
9 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
11 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
1 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
2 महीना पहिले
संवाददाता
