पत्रकार राघवेन्द्र साह ले वडाध्यक्षमा स्वतन्त्रबाट दिए उम्मेदवारी

कमल साह
जनकपुरधाम,वैशाख २० गते । पत्रकार राधवेन्द्र प्रसाद साह ले जनकपुरधाम उपमहानगर–२३ का वडा अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ ।
उनि नेकाँ जनकपुरधाम उपमहानगरपालिका–२३ का सभापति रहनु भएको थिए । पत्रकार ने.काँ. पार्टी परित्यागगरी वडा अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दिनु भएको छ ।
नेपाली काँग्रेस– २३ का वडा कार्यसमितिको वैठकले वडा सभापति राघवेन्द्र प्रसाद साह को एकल नाम वडा अध्यक्ष पदको लागि सिफारिश गरेको थियो । तर, नेपाली काँग्रेस धनुषा जिल्ला सभापति योगेन्द्र पंजियार द्वारा जारी लिष्टमा अरुको नाम भएको देखेर वडा– २३ को सम्पूर्ण कार्यसमितिले समुहिक राजिनामा गरेर स्वतन्त्रबाट उम्मेदवारी दिन पुगेका छन ।
नेपाली काँग्रेस धनुषाले यसरी वेईमानी जनकपुरधाम– २३ मा मात्र गरेको छैन । अन्य वडाहरुमा पनि गरेको समाचार प्राप्त भईरहेको छ । यस्ले गर्दा नेपाली कांग्रेसबाट वागी उम्मेदवारी दिनेहरुमा छ्यप छ्याप्ति देखिन्छन ।
बिन्धी,लादो र बेला गाउँ मिलेर बनेको वार्ड नं.२३ का ने.कां वडा सभापति रावेन्द्र प्रसाद साह युवा मात्र होईन कि लोकप्रिय नेता भएपनि पार्टी ले सिंगो वार्ड कमिटी निर्णयलाई लंगौटी लगाई दिएको छ । यस्ले उनिहरु सामुहिक राजिनामा पत्र पार्टी सभापतिलाई समेत बुझाएका थिए ।
सामाजिक तथा राजनीतिक पृष्टभूमि भएका पत्रकार राघवेन्द्र प्रसाद साह ले वडावासीहरुको चाहना अनुसार आफू वडा अध्यक्ष पदमा स्वतन्त्र भएर उम्मेदवारी दिनु भएको छ । उहाँसंगै सदस्यपदमा ४ जनासमेत उम्मेदवारी दिएका छन । त्यसमा मोहिनउदिन राईन, गंगाराम महतो, महिलाबाट विभा ठाकुर र दलित महिलाबाट सकुन्ति देवी
हुन ।
त्यस्तै जनकपुरधाम वार्ड नं. ३ बाट अनिरुद्ध साह,भगवान झा र रवि साह ले वडा अध्यक्ष पदमा स्वतन्त्र भई उम्मेदवारी गराउनु भएको छ ।
उसैैगरी जनकपुरधाम– ४ बाट वार्ड अध्यक्षको टिकट नपाएपछि राकेश सिंह ले पनि स्वतन्त्रबाट उम्मेदवारी दिनु भएको छ ।
त्यसैगरी जनकपुरधाम वार्ड नं.१० का पूर्व वार्ड अध्यक्ष मिथिलेश कर्णले स्वतन्त्रबाट उम्मेदवारी दिनु भएको छ ।
नेपाली कांग्रेस संसदिय क्षेत्र नं.३ बाट महाधिवेशन प्रतिनिधी रहनु भएको रुणा झा ले उपमेयर पदको लागि टिकट नपाएपछि उनि एमालेमा प्रवेश गरी उम्मेदवारी दिएकी छन ।
त्यस्तै जनकपुरधामको उपमेयर पदमा टिकट पाउनबाट बँचित भएको निर्मल कुमार चौधरी ले पनि स्वतन्त्रबाट उम्मेदवारी दिनु भएको छ ।
कमेन्ट गर्नुहोस्

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
6 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
7 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
7 दिन पहिले
होटल व्यवसायीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने प्..
नारायण घिमिरेमहोत्तरी, असार ८ गते । मधेस प्रदेशका होटल सञ्चालकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा होटेलको स्त..
8 दिन पहिले
संघीय निजामती सेवा विधेयकमा मधेशी समुदायको समावेशीताको..
प्रेमचन्द्र झा, काठमाडौं, असार ०३ गते । संघीय निजामती सेवा विधेयक, २०८२ मा मधेशी समुदायको निष्पक्ष, समावेशी र न्या..
13 दिन पहिले
संवाददाता
संवाददाता

