उपमहानगरका स्वतन्त्र उम्मेदवारको प्रतिबद्धता र आउटर रोड निर्माण गर्ने साहको अठोट
.jpg)
कमल साह
जनकपुरधाम, २१ गते बैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मेयर पदको स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले आफू निर्वाचित भएपछि जनकपुरधामलाई सफा, स्वच्छ,सुन्दर र समृद्ध बनाउने आज प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।
जनकपुरधाम उपमहानगरको लागि मेयर पदमा उम्मेदवारी दिनुभएको मनोज कुमार साह ले आज जारी गर्नुभएको २१ बुँदे घोषणापत्रमा जनकपुरधामको जनसांख्यिक चापलाई व्यवस्थित पार्नको लागि ४० फीट चौडा भएको आउटर रिंगरोड पाँच वर्षमा निर्माण गर्ने प्रतिबद्धता व्याक्त गर्नुभएको छ ।
उहाँले धार्मिक नगर जनकपुरधामको फोहर मैला व्यवस्थापन, ल्याण्डफिल्ड साइट निर्माण, ठाउँ ठाउँमा फोहर संकलन केन्द्रको स्थापना, सडक पेटी व्यवस्थापन, ऐतिहासिक धार्मिक, पुरातात्विक तथा साँस्कृतिक सम्पदाको संरक्षणको लागि मर्मत सम्भार गर्ने, लोप भईरहेको धरोहरहरुको खोजीनीति गर्ने, जनकपुरधामको ऐतिहासिक धरोहरहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने, पर्यटन व्यवसायलाई प्रबद्र्धन गर्ने, रंगभूमि मैदानलाई स्वच्छ, सफा र हराभरा बनाउने, पोखरीहरुको सरसफाई गरी डिलको सौन्दर्यीकरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
मेयर पदका स्वतन्त्र उम्मेदवार साहले पत्रकार सम्मेलनमा भन्नुभयो, जनकपुरधाममा नगर क्षेत्रभित्र सुरक्षा व्यवस्थाको लागि २४ औं घण्टा काम गर्ने गरी सिसिटीभी कैमरा जडान गर्ने, प्रत्येक वडामा फ्रि इन्टरनेट सेवा सञ्चालन गर्ने, हाल रहेको विमान स्थलमा साढे ३ सय मिटर रनवेको विस्तारसमेत स्तरोन्नति गर्न सम्बन्धित निकायसंग पहल गर्ने , उपमहानगरपालिकालाई महानगरमा उन्नति गर्न आवश्यक पूर्वाधार तयारी गर्ने, उपमहानगरपालिकाको कामकाज पारदर्शी बनाउने, भ्रष्टाचारलाई शुन्यमा झार्ने, प्रशासनयन्त्रलाई चुस्तदुरुस्त बनाई सर्वसुलभ सेवा प्रदान गर्ने प्रतिबद्धता घोषणा पत्रमा उल्लेख गर्नुभएको छ ।
पाँच दलिय गठबन्धनमा नेकाको भाग बण्डामा जनकपुरधाम उपमहानगरपालिका नपरेपछि मेयर पदमा उम्मेदवारी दिनु हुने साह नगरभित्र देखिएको लामखुट्टे आतंकलाई नियन्त्रण गर्न दीर्घकालिन नीति बनाउने, दलित जनजाति, उत्पीडित तथा सीमान्तकृत समुदायको पहिचान गरी उनीहरुको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक क्षेत्र बढाई आत्मनिर्भर बनाउने योजना ल्याउने, उपमहानगरपालिका ग्रामीण क्षेत्रका वडाहरुमा कृषि उपज बढाउनका लागि आवश्यक मलखाद्य, विउ विजन, सिंचाई सेवा, कृषि उपकरण र कृषि उपजको बजार व्यवस्थापन गर्ने, नगरमा फलफुल मण्डी निर्माण गर्ने लगायतका प्रतिबद्धता घोषणा पत्रमा उल्लेख गरिएको छ ।
कमेन्ट गर्नुहोस्

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
7 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
8 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
8 दिन पहिले
होटल व्यवसायीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने प्..
नारायण घिमिरेमहोत्तरी, असार ८ गते । मधेस प्रदेशका होटल सञ्चालकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा होटेलको स्त..
9 दिन पहिले
संघीय निजामती सेवा विधेयकमा मधेशी समुदायको समावेशीताको..
प्रेमचन्द्र झा, काठमाडौं, असार ०३ गते । संघीय निजामती सेवा विधेयक, २०८२ मा मधेशी समुदायको निष्पक्ष, समावेशी र न्या..
14 दिन पहिले
संवाददाता
संवाददाता

