+977 9854027065 | akulpdsah@gmail.com

‘तमलोपाको गठन सत्ताको लागि नभइ मधेशी मुद्दाका लागि

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

930 Views

कमल साह
जनकपुरधाम,वैशाख २५ गते । तराई मधेश लोकतान्त्रिक पार्टीले आसन्न स्थानीय तह निर्वाचनका लागि वैशाख २१ गते घोषणापत्र सार्वजनिक गरेको छ ।
तमलोपाका केन्द्रिय अध्यक्ष वृषेशचन्द्र लालको निजी निवासमा आयोजित पत्रकार सम्मेलनमा तमलोपाले दुई वटा चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
जनकपुरधाम उपमहानगरका लागि मेयरमा उम्मेदवारी दिनुभएको विभा ठाकुर ले सार्वजनिक गर्नुभएको घोषणा पत्रमा स्थानीय जनताको आधारभूत सेवा एवं सुविधा उपलब्ध गराउनको लागि घरवारविहीन गरीब, दलित, जनजातिलाई आधारभूत आवास व्यवस्थापन गराउने भन्नुभयो ।
उहाँले ग्रामीण बजार, बैंक, एटीएम, सहकारीको व्यवस्था, स्ट्रीट लाईटको व्यवस्था, शुद्ध पेयजलको व्यवस्था, पालिकाका बसोवास क्षेत्र भित्र बाह्रै महिने सडक सञ्जाल विस्तार गरिने प्रतिवद्धता गर्नुभयो ।
उहाँद्वारा सार्वजनिक गरिएको घोषणापत्रमा युवा शक्तिको विकासका लागि प्रत्येक वडामा खेल मैदान, ई– पुस्तकालय, इनडोर खेल सुविधा, योग ध्यान केन्द्र र रोजगारमूलक सीप प्रशिक्षणको व्यवस्था गर्ने उल्लेख गर्नुभयो ।
उहाँले विदेशिने प्रवृत्तिलाई निरुत्साहित गर्दै लघु उद्यम, स्वरोजगार र सामाजिक स्वयंसेवकको प्रवद्र्धन तथा आयमूलक वृत्तिलाई अनुदान, ऋण आदिको व्यवस्था र पालिका स्तरीय सीपमूलक तालिम केन्द्रको स्थापना गरेर बेरोजगार युवहरुलाई न्यूनतम श्रम रोजगारी र आयआर्जन लगायतका व्यवस्था गरिने घोषणापत्रमा समावेश गर्नुभएको छ ।
सो घोषणापत्र सार्वजनिक कार्यक्रममा तमलोपाका केन्द्रीय अध्यक्ष वृषेशचन्द्र लालले मधेश आन्दोलनको मर्मलाई अंगीकार गरी मधेशको मुद्दामा खडा उत्रिने एक मात्र पार्टी तमलोपा रहेको बताउनु भयोे । उहाँले पार्टीको गठन सत्ताको लागि नभइ मधेश आन्दोलनको मुद्दालाई स्थापित गर्नका लागि रहेको बताउनु भयो।
सो कार्यक्रममा तमलोपाका वरिष्ठ नेता डा. विजय कुमार सिंहले स्थानीय स्तरमा बढदै गएको आर्थिक अनियमितता, भ्रष्टाचार र योजना खरीद बिक्रीको बढ्दै गएको विकृतिलाई निरुत्साहित गर्न तमलोपा निर्वाचनमा भाग लिँदै विभिन्न स्थानमा उम्मेदवारी दिएको बताउनु भयो ।
सो सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका प्रत्याशी विभा ठाकुरले मधेश आन्दोलनको अधिकार स्थापित गर्नका लागि आफूले उम्मेदवारी दिएको बताइन् ।
उनले जनकपुरधामको पर्यटकीय रुपमा विकास तथा प्रवद्र्धन, भाषा संस्कृतिको संरक्षण, नगरको सरसफाइ तथा डम्पिङ्ग साइटको व्यवस्था, शिक्षा, स्वास्थ्य, हरेक निकायमा महिलाको पहुँच, युवा शक्तिको विकास एवं विदेशिने युवाहरुलाई स्थानीयस्तरमै रोजगार तथा सहुलियत ऋणको व्यवस्था लगायतका उद्देश्यसहित आफूले मेयर पदमा उम्मेदवारी दिएको समेत उल्लेख गरिन् । सम्मेलनमा पार्टीका तर्फबाट उपमेयर पदका उम्मेदवार ईश्वर पण्डित पनि सहभागी भएका थिए । संयूक्त रुपमा सो घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

4 दिन पहिले

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

1 महीना पहिले

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

2 महीना पहिले

रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊ..

भागचरण यादब, जनकपुरधाम, जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग ..

2 महीना पहिले

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

6 महीना पहिले