+977 9854027065 | akulpdsah@gmail.com

मैथिली कला क्षेत्रका हास्य सम्राट बि.एन. पटेलको नया भिडियो मार्फत प्रस्तुत

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1528 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, माघ ३ गते । मैथिली कला क्षेत्रका हास्य सम्राट बि.एन. पटेल आफ्नो दर्शक स्रोताहरुका लागि समय–समयमा समाजमा घटिरहेको विभिन्न घटनाहरुलाई नाटक अथवा भिडियो मार्फत प्रस्तुत गर्दे आइरहेको छ ।
यसपाली पनि केही अलग किसिमको प्रस्तुतिको साथ आएका छन् । मैथिली समाजमा वर्तमानमा बृद्ध र युवा बिचकोे सम्बन्धलाई जस्ताको त्यस्तै चित्रण गरेका छन् ।
यस सिनेमाको कथा, पटकथा, गीत र निर्देशन समेतको जिम्मा बि.एन. पटेल लिएका छन् । मिथिलाञ्चलको चर्चित गायक भागवत मण्डल, ललित कामत र ममता राजको स्वरमा सजेको सुमधुर गीतमा संगीत रोहित प्रमोदको रहेको छ ।
यस सिनेमामा कलाकार बि. एन. पटेल, रिना यादव, प्रदिप महतो, ज्योती झा, राजन पटेल, माही खान, बद्री राउत, कौशल्या ठाकुर, दुर्गा देवी, राजु सर्राफ, अजय यादव, सन्तोष लगायतका कलाकारहरुको अभिनय रहेका छन् ।
छायांकन गजन्द्र गज्जू, ड्रोन कैमरा राजु श्राफ र शिव थारूको रहेका छन् भने नृत्य निर्देशक निरज चौधरीको रहेको छ । त्यस्तै प्रोडक्सन मैनेजर भागचरण यादव रहेका छन् ।
सिनेमा ‘बृद्धा पेंशन’ केही ठाउँमा च्यारिटीको रुपमा प्रदर्शन भएपनि केही दिनपछि हलमा पनि रिलिज गर्ने कुरा निर्देशक पटेलले जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

11 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

14 दिन पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

28 दिन पहिले

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

2 महीना पहिले

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

3 महीना पहिले