+977 9854027065 | akulpdsah@gmail.com

जनकपुर उपमहानगरलाई राजनीतिको अखाडा बन्न नदिने–महतो मानवलाई बस्तु सम्झेर खरिदबिक्री गर्न आउनेबाट सावधान– चौधरी

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

854 Views

कमल साह
जनकपुरधाम,वैशाख २७ गते । जनकपुरधाम उपमहानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बलराम महतोले उपमहानगरपालिकालाई आफूले राजनीतिको अखाडा बन्न नदिने प्रतिववद्धता व्यक्त गरेका छन् ।
उपमहानगरपालिकालाई राजनीतिकको अखाडा बनाइएकोले विकास त भएन भन्दै उहाँले त्यसमाथी भ्रष्टाचार मौलाउँदै गईरहेकाले राजनीतिको अखाडा बन्न नदिने थप्नुभयो ।
उहाँले यद्यपि वडाध्यक्षहरु कुनै पार्टीबाट निर्वाचित भएपनि कुनै भेदभाव नगर्ने भन्नुभयो ।
वडाध्यक्षको उम्मेदवारहरु समेत वडा वडामा वचनवद्धता गरिरहेका होलान् उनीहरुको वचनवद्धता पूरा गर्न आफू सदैव तत्पर रह्ने बताउनु भयो ।
वलराम महतोले जनकपुरधामको विकासका लागि असल अभिभावकको चुनाव गर्न मतदाताहरुसंग आग्रह गनुभयोे ।
उहाँले आफू उपमहानगरको प्रमुखमा निर्वाचित भए उपमहानगरमा राजनीतिक खिचातानीको हावा लाग्न नदिने प्रतिवद्धता जनाउनु भयो । उहाँले राजनीतिज्ञभन्दा राम्ररी विकास निर्माणका कार्यहरु अगाडी बढाउन सक्ने दावि गर्नुभयो ।
उहाँले भन्नुभयो,‘म निर्माण व्यवसायको पृष्ठभूमिबाट आएको व्यक्ति हुँ । म संग कन्स्ट्रक्सनको अनुभव छ, मलाई जनकपुरधाम को विकास गर्ने ठूलो धोको छ । जनकपुरधाममा एडिवी परियोजना अन्तर्गत भएको सडक तथा ढल निर्माण कार्य, नेपाल रेल्वेको लिक निर्माण मैले नै गरेको छु ।’
उहाँले अगाडी बताउनु भयो, ‘तर अहिले उपमहानगरको व्यवस्थाकीय कमजोरीका कारण सडक तथा ढलको दुरावस्था छ । मैले आफैले गरेको कामको यो दशा देखेर यसलाई सुधार्नु छ सोचेर नै नगरप्रमुखमा उम्मेदवारी दिएको छु ।’
जनकपुरधाम उपमहानगरको स्वतन्त्र उम्मेदवार निर्मल कुमार चौधरीले भन्नुभयो,‘हाम्रो ऐतिहासिक पबित्र नगरी जनकपुरधाम एउटा मझधारको मोडमा उभिएको छ । यसको अस्मितामाथी धावा बोल्दै कुरुप बनाउन खोज्नेहरुको एउटा जमात लागिपरेको छ । तर, यस पबित्र धर्तिको स्वक्षताको निम्ति आफ्नो सारा जवानी कुर्वान गर्दै हातमा हात कदममा कदम मिलाउदै यहासम्म आइपुगेको छु । अकल्पनीय अवस्थाहरुमा ज्यानको प्रवाह नगरी लागेकै छु, चाहे त्यो पन्चायती ब्यवस्थाको विरुद्ध होस् या राजनीतिक संघर्षका आयामहरु होस् ।
उहाँले बिनासकारी भुकम्पको अवस्था होस् या कोभिडबाट आघातमा परेकाहरुको उद्धारका लागि होस लागेकै बताउनु भयो । उहाँले आज झुटको आश्वासन दिनेहरु आउलान एकदिनको निम्ति मानवलाइ बस्तु सम्झेर खरिदबिक्री गर्न आउलान त्यस्ताहरुबाट सावधान रहन बताउँदै थप्नुभयो, ‘समग्रमा जनकपुरमा पर्यटन प्रबर्द्धन गर्न र यसको उचाइमा पु¥याउनको लागि एक मतदिई अभियानमा हातेमालो हुन सबैमा हार्दिक अपिल गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नेपालको विकासमा छिमेकी राष्ट्रहरूको महत्वपूर्ण योगदान ..

कमल साह,जेठ २२ गते ।    जनकपुरधाम । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको विकासमा हाम्रा दुई छ..

10 दिन पहिले

हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु

मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख २० गते । हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु रहेको छ । महालेखापर..

1 महीना पहिले

खुलेआम अवैध रूपमा नदीजन्य सामग्री उत्खनन सम्बन्धीत निक..

धिरेश दत्तजनकपुरधाम, बैशाख १८ गते । धनुषाको मिथिला नगरपालिका–५ स्थित औरहीबाबा सामुदायिक वन क्षेत्रबाट दिउँसो..

1 महीना पहिले

पुर्ब राजा ज्ञानेन्द्रलाई काशिको पुजारी बन्न सुझाए – मन..

रश्मि पटेल, रौतहटरौतहट, चैत्र १९ गते । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एब्म पुर्ब मन्त्री योगेन्द्र यादवल..

2 महीना पहिले

पत्रकार रजकको हत्या विरोधमा रैली

कमल साहजनकपुरधाम ,चैत्र १६ गते । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको शु..

3 महीना पहिले