+977 9854027065 | akulpdsah@gmail.com

आसन्न निर्वाचनमा दुई क्रीयपुत्र ले मतदान गरियो

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

910 Views

कमल साह
जनकपुरधाम,वैशाख ३१ गते । स्थानिय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिका २३ मा क्रीयामा बसेका परिवारले पनि मतदानमा सहभागि भएका छन ।
जनकपुरधाम –२३ बेला गाउँका डा. शम्भु प्रसाद साह क्रीयामा बसेको भएपनि वोटलाई महत्व दिईदै उनि आफ्नो श्रीमति काजल साह लाई लिएर मतदान स्थलपुगी शुक्रबार मतदान गर्नुभयो ।
उहाँ श्रीरामलक्ष्मण राष्ट्रिय प्राथमिक विद्यालयमा पुगेर मतदान गर्नुभयो । डा. साहको पिताश्री समाजसेवी भागवत वित्नु भएको छ ।
त्यस्तै जनकपुरधाम वार्ड २३ बाट स्वतन्त्र भएर वडासदस्यमा उम्मेदवारी दिनु भएका गंगाराम महतो ले मतदान गर्नुभएको छ ।
गंगाराम महतो को आमा खस्नु भएको ले उनि आफ्नो मत माग्नमा समेत सहभागि हुन सकेको थिएन । तर,उनि आफ्नो पत्नी संगै सोही मतदान केन्द्रमा पुगेर मत खसाउनु भयो ।
आसन्न स्थानिय तह निर्वाचनमा मधेश प्रदेशबाट ६७.६९% मतदान भएको छ । त्यसमा जनकपुरधाम उपमहानगरपालिकामा कति मतदान भएको हो भनेर अहिलेसम्म अकिन छैन । तर, जनकपुरधाम उपमहानगर पालिको वार्ड २३ मा २ हजार ७ सय ७० मत खसेको छ । बेला,लादो र बिन्धी गाउँमा कुल मतदाता ३ हजार ८ सय १३ रहेको त्यहाँका स्वतन्त्र उम्मेदवार पत्रकार राघवेन्द्र साह ले बताउनुभयो ।
मतदान परिणमलाई वर्गिकरण गर्दा बेला लादोमा १ हजार ४ सय ४४ मत खसेको छ । त्यो दुई गाउँको कुल मतदाता २ हजार २७ रहेको छ ।
त्यस्तै बिन्धी गाउँका कुल मतदाता १ हजार ७ सय ८६ रहेको मा खसेको मत १ हजार ३ सय २६ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

7 दिन पहिले

रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊ..

भागचरण यादब, जनकपुरधाम, जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग ..

9 दिन पहिले

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

4 महीना पहिले

नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..

4 महीना पहिले

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

5 महीना पहिले