+977 9854027065 | akulpdsah@gmail.com

धनुषाका पालिकाहरु मतगणना जारी स्थगित निर्वाचन आइतबार हुने

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

622 Views

कमल साह
जनकपुरधाम बैशाख ३१ गते । धनुषा जिल्लाको १८ वटै पालिकामा मतगणना कार्य आरम्भ भएको छ । जिल्लाका सदरमुकाम एवं मधेश प्रदेशका राजधानी जनकपुरधाम उपमहानगरपालिकाको पनि मतगणना आज विहानबाट भएको छ । जनकपुरधाम उपमहानगर पालिकाको वडा नं. १ बाट मतगणना आरम्भ भएको छ । यो समाचार लेख्दासम्म नगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवार मनोज साह अगाडी छन ।
यहाँ अर्कौ वडाको मतगणना हालसम्म सुरु भएको छैन ।
वैशाख ३० गते को स्थानिय तह निर्वाचन विभिन्न कारणले स्थगित हुन गएको ठाउँमा आईतवार निर्वाचन पुन हुनेछ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहा मतदानस्थलको स्थगित गरिएको दुई वटा मतदान केन्द्रको मतदान आइतबार हुने भएको छ । डाक्नेश्वरी नगरपालिकाका निर्वाचन अधिकृत शम्भुनाथ मगरको उपस्थितिमा मतदानस्थलमै शुक्रबार बसेको बैठकले स्थगित भएको मतदान आइतबार बिहान ७ बजेदेखि गर्ने निर्णय गरेको हो । ‘क’ केन्द्रका मतदान अधिकृत विपिन यादवमाथि स्थानीयवासीले कुटपिट गर्नुका साथै मतपेटिका तोडफोड गरेपछि कानून मन्त्रालयका सहसचिव फणिन्द्र गौतम, निर्वाचन अधिकृत मगर, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले, सशस्त्र प्रहरी नायब उपरीक्षक श्यामशर्मा पौडेल घटनास्थल पुगेका थिए ।
मतदानस्थलमा उनीहरुको उपस्थितिमा बसेको सर्वदलीय बैठकले उत्पन्न कुटपिट र तोडफोडपछि स्थगित भएको मतदान कार्य आइतबार गर्ने निर्णय भएको हो । अशक्त महिला मतदाताले इच्छाएको जसपाको चुनाव चिह्नमा छाप लगाउनुपर्नेमा मतदान अधिकृत यादवले कांग्रेसको चुनाव चिह्नमा छाप लगाएको भन्दै स्थानीयवासीले यादवलाई कुटपिट गर्नुका साथै मतपेटिका समेत तोडफोड गरेपछि निर्वाचन स्थगित गरिएको थियो ।
मतदान अधिकृतलाई प्रहरीले जोगाउन खोज्दा स्थानीयवासीले मतपेटिका तोडफोड गर्दै मतपत्र च्यातेर छरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक काफ्लेले बताए । घटनाका बेला ‘क’ केन्द्रमा १३६ मत र ‘ख’ केन्द्रमा १६० मत खसेको थियो । आइतबार पुनःनिर्वाचन गर्ने निर्णयमा निर्वाचनमा सहभागी राजनीतिक दल, जिल्ला निर्वाचन कार्यालयका कुलानन्द बिराजी, मतदान केन्द्र ‘ख’का मतदान अधिकृत मुसहरु साह, सहायक मतदान अधिकृत जाकिर हुसेन, मतदान केन्द्र ‘क’का सहायक मतदान अधिकृत सुरेन्द्रकुमार यादवसमेतको उपस्थिति रहेको छ । राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचाररत मतदान अधिकृत यादवले दलका प्रतिनिधिको निर्णयअनुसार आफूले अशक्त महिलाले औँलाले देखाएकै रुख चिह्नमा छाप लगाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

होटल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत भेटिए

मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख ११ गते । जनकपुरधाममा रहेको रामानन्दचोकको होटल होलिडे एण्ड गेष्ट हाउसमा..

2 दिन पहिले

मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विनय कुमार यादवको मृत..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख ११ गते । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विनय कुमार यादवको मृ..

2 दिन पहिले

कमिशनको मातमा रहेका प्रमुख महतो खुशीको जिवन बिताउनमा मस..

रंजित चौरसिया, वीरगंज ८ बैशाख । पर्सा जिल्लाको दोश्रो सदरमुकामको रुपमा चिनिने पोखरिया नगरपालिका भ्रष्टाचारजन्य..

5 दिन पहिले

कविता : स्वार्थ व्यवहार

       कविता स्वार्थ व्यवहार लेखक ः मनोज पण्डितबिदेह न.पा. ७,वेलापटटी, धनुषा     सोचु सोचु बाबु भैया बरहु अ..

12 दिन पहिले

कविता : नववर्षको शुभकामना

      कविता नववर्षको शुभकामना   लेखक ः मनोज पण्डितबिदेह न.पा. ७,वेलापटटी, धनुषा     रहौ खुशी रहौं हर्ष ।आनन..

12 दिन पहिले