+977 9854027065 | akulpdsah@gmail.com

धनुषामा नवनिर्वाचित नगर प्रमुख तथा अध्यक्षहरू आजबाट पदभार ग्रहण गरियो

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

893 Views

कमल साह
जनकपुरधाम,जेष्ठ ११ गते । धनुषा जिल्लाका १८ वटै पालिका नगर प्रमुख तथा अध्यक्षहरूले आजबाट पदभार ग्रहण गर्नुभएका छन ।
धनुषाका मुख्य निर्वाचन अधिकृत एवं न्यायाधिश ब्रजेश प्याकुरेलले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई जनकपुरधाम उपमहानगरपालिकाको अष्टावक्र सभा हलमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।
धनुषा जिल्लामा रहेको १८ पालिकामा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन । सो पालिकाका नवनिर्वाचित नगर प्रमुख तथा अध्यक्षहरूले शपथ ग्रहण गर्नुभएका हुन ।
नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरुलाई सम्बन्धित पालिकाका प्रशासकीय अधिकृतहरुले लिएर आजैबाट कार्यभार सम्भाल्न लगाएका छन । नवनिर्वाचित मेयर तथा अध्यक्षहरुले अबको ७ दिन भित्रमा आ–आफ्नो पालिकाका उपमेयर, उपाध्यक्ष सहित वडाध्यक्ष र सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउन निर्वाचन निर्देशिकामा उल्लेख रहेको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिनुभयो ।
पालिकाहरुको अनुगमण गर्दा न्यायिक समिति कम्जोर रहेको बताउँदै मुख्य निर्वाचन अधिकृत ले सुझाब दिनुभयोे, नवनिर्वाति मेयर तथा अध्यक्षहरुले आफ्नो कार्यकालमा न्यायिक समितिलाई सक्षम बनाउनु होस् ।
सो समथ समारोमा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न प्रसाद उपाध्याय, प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले नवनिर्वाचित नगर प्रमुख तथा अध्यक्षहरूलाई जनताको पक्षमा काम गर्न शुभकामना दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

19 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

22 दिन पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

1 महीना पहिले

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

3 महीना पहिले

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

3 महीना पहिले