जनकपुरधाम उपमहानगरको बोर्डमा काग्रैसका ६ र एमालेका दुई सदस्य निर्वाचित
कमल साह
जनकपुरधाम,जेष्ठ २५ गते । जनकपुरधाम उपमहानगर पालिकाको कार्यपालिका सदस्य पदका शुक्रबार सम्पन्न निर्वाचनबाट दुई पुरुषबाहेक सबै पद नेपाली काँग्रेसले पाएको छ । बाँकी दुई पुरुषमा नेकपा एमालेले पाएको छ ।
पुरुष तर्फको खुल्ला पदमा दुई एमाले जितेको छ भने एक नेका ले जितेको छ । कांग्रेसका राकेश विक्रम साह ले सार्वधिक ६ मत ल्याएर विजयी भएको छ । एमालेका संतोष महतो ले ७ मत र दिपेन्द्र साह ले ६८ मत ल्याएर विजयी भएका छन ।
काँग्रेसका दुई र एमालेका एक उम्मेदवारगरी ३ जना पराजित भएका छन । पराजित हुनेहरुमा पंकज महतो ले ४९ मत,रामप्रवेश ठाकुर ले ३५ मत र जयशंकर गुप्ताले २९ मत मात्र ल्याउन सकेका छन ।
काँग्रेसबाट महिला कार्यसमिति सदस्यमा पदमा पाँच जना निर्वाचित भएकी छिन । निर्वाचित हुनेहरुमा शारदा पंत ले ६८ मत, मनीषा कुमारी देवी ६७ मत ,फूल कुमारी देवी ले ६२ मत ,शैल कुमारी चौधरी ले ६१ मत संजू देवी ले ६० मत ल्याई विजयी भएकी छिन ।

जनकपुरधाम उपमहानगरपालिकामा मेयर,उपमेयर,वडाध्यक्ष र सदस्यसमेत १२७ जना निर्वाचित भएका छन । कार्यापालिका बोर्डको लागि बाँकी रिक्त रहेको ८ जनाको निर्वाचन शुक्रबार सम्पन्न भएको छ ।
त्यस निर्वाचनमा नेपाली काँग्रेसको ६९,एमालेको ३६,जसपाको ३,लोसपाको १०,तमलोपाको १,माओवादी केन्द्रको १ र स्वतन्त्र ६ मतभार रहेका छन ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
19 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
22 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
